काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामा अस्वीकृत गरेर आफ्नो अपेक्षाभन्दा भिन्न निर्णय केन्द्रीय समितिले गरेको बताएका छन् । मंगलबार सुरु पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले पार्टीले गरेको निर्णय स्वीकार गर्ने बताए ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशन भदौ २४ गतेदेखि २६ गतेसम्म गर्ने गरी केन्द्रीय समितिको बैठकमा प्रस्ताव गरेका छन् । उनले जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले चैत २१ गतेदेखि मसान्तसम्म नयाँ फारम वडासम्म पुर्याउने र पुराना अद्यावधिक गर्ने तालिका प्रस्ताव गरेका छन् । वैशाख १ मसान्तसम्म सबै वडामा सदस्यता अद्यावधिक गर्ने, जेठ १ देखि १५ सम्म जिल्लामा पठाउने, २५ गतेसम्म केन्द्रमा सदस्यता पठाउने र २०८३ असार १५ सम्म केन्द्रले छानबिन गरी अवधि टुंगो लगाउने प्रस्ताव गरेका छन् ।
साउन ३० गते महाधिवेशन प्रतिनिधि चयन गर्ने र भदौ ६र ७ गते जिल्ला अधिवेशन गर्ने र भदौ २४–२६ मा कांग्रेसको महाधिवेशन गर्नेगरी प्रस्ताव गरेका छन् ।