क्युएनए- इजरायलले वेस्टब्यांक क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा इजरायलले लगभग दैनिकजसो आक्रमण गर्ने गरेकाले निर्दोश प्यालेस्टाइनीहरुको मृत्यु हुने, घाइते हुने र सम्पत्तिको क्षतिको साथै विस्थापन सामना गर्नु परेको जनाएका छन् ।
प्रवक्ताले महासचिवको भनाइलाई दोहोर्याउदै यस क्षेत्रमा रहेका इजरायली बस्तीहरू र तिनीहरूसँग सम्बन्धित पूर्वाधारको-कुनै कानुनी वैधता नभएको र यीनीहरु संयुक्त राष्ट्रका प्रस्तावहरू सहित अन्तर्राष्ट्रिय कानूनको उल्लंघनको खिलाप यस क्षेत्रमा स्थापीत भएको उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले वेस्ट ब्यांकको चिन्ताजनक अवस्थालाई तत्काल कम गरी यस क्षेत्रका नागरिक र उनीहरूको सम्पत्तिमा हुने आक्रमणको अन्त्य गर्न सम्बन्धित निकायलाई आह्वान गरेका छन् ।