काठमाडाैं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूको सहभागिता रहनेछ । सभापति गगन थापा स्वयंको सभापतित्वमा बैठक सञ्चालन हुने जनाइएको छ ।
यसअघि थापाले दिएको राजीनामा केन्द्रीय समितिको पछिल्ला बैठकहरूले अस्वीकार गरिसकेको छ । आजको बैठकमा समय अभावका कारण वैशाखमा गर्ने भनिएको नियमित महाधिवेशन असोजमा सार्ने तयारीबारे मुख्य रूपमा छलफल हुने बताइएको छ ।