काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएकाे छ । कार्यसमिति बैठक भोलि दिउँसो १ बजे बस्ने भएकाे हाे ।
निर्वाचनको समीक्षा हुनेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।
बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो । भोलि बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने पनि नेताहरूले बताएका छन् । भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् ।
निर्वाचनपछि गगन पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको थियो ।