Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छः मन्त्री सिन्हा
जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छः मन्त्री सिन्हा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ९, २०८२

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक संकलन र विश्लेषणले भविष्यमा विपद् न्यूनीकरण तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका  छन् ।  विश्व जल तथा मौसम दिवसको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित कार्यक्रममा उनले बताएका हुन् ।

उनले जल तथा ऊर्जा आयोगको सचिवालयको संयोजनमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमले जल तथा मौसमसम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । मन्त्री सिन्हाले नेपालको भौगोलिक विविधता-हिमाल, पहाड र तराईका कारण मौसम तथा जलवायु प्रणाली जटिल र संवेदनशील रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण विपद् जोखिम बढ्दै गएको बताए । 

उनका अनुसार असामान्य वर्षा, बाढी, पहिरो, तातो हावाको लहर, हिमनदी पग्लावट तथा हिमताल विस्फोटजस्ता घटनाले जनजीवन, पूर्वाधार र अर्थतन्त्रमा गम्भीर असर पारिरहेका छन् । “यस्तो अवस्थामा वैज्ञानिक जानकारी, समयमै पूर्वानुमान र प्रभावकारी पूर्वसूचना प्रणालीको भूमिका अत्यन्त महत्वपूर्ण हुने छ ।  कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, स्वास्थ्य, यातायात तथा उड्डयन क्षेत्र यी सेवामा निर्भर रहेको छ,” उनले भने । 

Hardik health

सरकार जल तथा मौसम सेवाको विस्तार, सुदृढीकरण र आधुनिकीकरणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले पूर्वानुमान प्रणालीलाई अझ विश्वसनीय र प्रभावकारी बनाउन आधुनिक प्रविधि प्रयोग, पूर्वाधार विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिइएको जानकारी दिए । 

उनले जोखिमयुक्त समुदायसम्म समयमै सूचना पुर्‍याउन पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको पनि स्पष्ट पारे । साथै अन्तर्राष्ट्रिय सहकार्य, प्रविधि हस्तान्तरण, अनुसन्धान र नवप्रवर्तनमार्फत सेवा गुणस्तर अभिवृद्धि गर्ने दिशामा सरकार अग्रसर रहेको उनको भनाइ थियो । 

मन्त्री सिन्हाले सरकारी, गैरसरकारी, निजी तथा शैक्षिक क्षेत्रबीचको सहकार्यबाट मात्र जल तथा मौसम सेवाहरू प्रभावकारी रूपमा नागरिकसम्म पुर्‍याउन सकिने धारणा व्यक्त गरे । 


प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ मंगलबार, साउन १९, २०८३
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन मंगलबार, साउन १९, २०८३
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP