Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’
नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ९, २०८२

काठमाडौं- संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ । सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको हाे । 

यही चैत १२ गते अपराह्न २ बजे शपथ समारोहको आयोजना गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि सचिवालयको अनुरोध छ ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले यही चैत ११ गते राष्ट्रपति भवन शीलत निवासमा शपथ लिने छन् । त्यसपछि यही चैत १२ गते निर्वाचित प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्य केसीले शपथ दिलाउने छन् । 

नेपालको संविधानको धारा, ८८ मा ‘संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने’ व्यवस्था छ ।  संविधानको धारा, ९१ (५) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । शपथ समारोहपछि नवनिर्वाचित सदस्यलाई प्रतिनिधिसभा सदस्यको प्रतीक चिह्न (लोगो), संविधान, संसद् नियमावली, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी सँगालोसहितका सामग्री उपलब्ध गराइनेछ ।

Hardik health

सचिवालयका प्रवक्ता एकराम गिरिले नवनिर्वाचित सांसदको शपथको आवश्यक व्यवस्थापनतर्फ सचिवालय लागिरहेको जानकारी दिए । उनले भने, “सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा सांसदहरुको शपथ र अधिवेशनका प्रारम्भिक बैठक गर्ने तयारी भइरहेको छ ।” हलभित्रको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा पुगेको छ । सुरक्षालगायत विभिन्न पाटोबाट व्यवस्थापनको काम भइरहेको प्रवक्ता गिरिले स्पष्ट पारे । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था छ । अधिवेशन आह्वानपछि संसद् बैठकको तयारीमा लाग्ने सचिवालयले जनाएको छ । 

निर्वाचनपछि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सांसद सङ्ख्या फेरबदल भएसँगै सचिवालयले संसदीय दलको कार्यालय पनि सोहीअनुसार व्यवस्थापन गरिएको जनाएको छ ।  “सचिवालयभित्रै भएका संसदीय दलका कार्यालयलाई पार्टीको ‘स्ट्रेन्थ’ अनुसार व्यवस्थापन गरिएको छ”, प्रवक्ता गिरीले भने ।  गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाली कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच तथा स्वतन्त्र सांसद एक जना निर्वाचित भएका छन् । 

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको सचिवालयको भवन नं २ अन्तर्गत साबिकको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीका लागि व्यवस्था गरिएको छ । 

यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालय भवनलाई नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयका रुपमा व्यस्थापन गरिएको छ । “त्यो अल्पकालीन व्यवस्था हो, निर्माणाधीन संसद् भवन सम्पन्न भएपछि सोही भवनभित्रै दलको कार्यालयहरु रहनेछन्,” प्रवक्ता गिरिले भने । नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’को समेत व्यवस्था गरिएको छ । 


प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा
फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा सोमबार, चैत ९, २०८२
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार सोमबार, चैत ९, २०८२
न्याय माग्दै पीडितहरु महिला आयोगमा
न्याय माग्दै पीडितहरु महिला आयोगमा सोमबार, चैत ९, २०८२
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा सोमबार, चैत ९, २०८२
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो कामपा
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो कामपा सोमबार, चैत ९, २०८२
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ: गृहमन्त्री अर्याल
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ: गृहमन्त्री अर्याल सोमबार, चैत ९, २०८२
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP