Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
कांग्रेसमा सुरु भयो किचलो गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ९, २०८२
  • गगन नेतृत्वको कांग्रेसले निर्वाचनमा नराम्ररी हार बेहोर्नुको कारण चरम गुटबन्दी र आन्तरिक असहयोग भएको निष्कर्ष
  • देउवा समूहको आरोपः विशेष महाधिवेशनको नाममा लहडबाजी हुँदा पार्टीको लज्जास्पद हार   

काठमाडौं- नेपाली कांग्रेसले सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत गरेको छ । फागुन २१ गते भएको प्रतिनिधि सभामा लज्जास्पद हार बेहोरेसँगै थापाले नैतिकताको आधारमा गत बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका थिए । यद्यपि, शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा शर्माले नै थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए ।

शर्माको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘सभापति गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर त्यसको नैतिक जिम्मेवारी लिँदै उपसभापतिसमक्ष विधानको धारा २६ (१) बमोजिम पेस गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मतरूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी केन्द्रीय समितिको निर्णयमा भनिएको छ ।

कांग्रेसले थापालाई पूर्ववत् अवस्थामा सभापति पद सम्हाल्न आउनसमेत आग्रह गरेको छ । विशेष महाधिवेशनले सुम्पेको दायित्व पूरा भइनसकेको अवस्थामा पद छाड्न नमिल्नेसमेत निर्णयमा भनिएको छ । कांग्रेस केन्द्रीय समितिले थापाको राजीनामा अस्वीकृत गर्नुका आठ आधारसमेत पेस गरेको छ । निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको कारण राजीनामा अस्वीकृत गरिएको उल्लेख छ ।

त्यसैगरी राजीनामाले पार्टीभित्र अस्थिरता आउने तर्कसमेत उल्लेख गरिएको छ । ‘राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले,’ निर्णयमा भनिएको छ, ‘राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले ।’

Hardik health

पार्टीलाई नियमित महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने भएकाले पनि गगनको राजीनामा अस्वीकृत गर्ने निर्णय भएको चालिसेले उल्लेख गरेका छन् । कांग्रेसले यो निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट जितेको छ ।

संस्थापनपक्षः हारको कारण देउवा समूह
कांग्रेसले निर्वाचनमा नराम्ररी हार बेहोर्नुको कारण आन्तरिक भएको निष्कर्ष निकालेको छ । उपसभापति शर्माले प्रस्तुत गरेको २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि छलफल गर्दै चरम गुटबन्दी र आन्तरिक असहयोगकै कारण पराजित भएको निष्कर्ष निकालेको हो । ‘चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु,’ कांग्रेस केन्द्रीय समितिको निर्णयमा भनिएको छ ।

यसअघि कांग्रेसले एमाले-माओवादीसँग पटक-पटक भएको गठबन्धनका कारण संगठन कमजोर भएकोले निर्वाचन परिणाम यस्तो आएको जनाएको थियो । गत भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहका कारण पनि पार्टीको पक्षमा मत नआएको निष्कर्ष कांग्रेसले निकालेको छ । ‘चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु,’ कांग्रेसले भनेको छ, ‘गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु । जेन-जेड युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु ।’

 

देउवा समूहको आरोपः गगनकै कारण पराजय
नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि सुरु गरेको छ । आइतबार धुम्बाराहीस्थित होटल स्टारमा निवर्तमान कार्यसम्पादन समितिमा रहेका नेताहरु भेला भएर समानान्तर गतिविधि गर्ने निर्णय गरेका हुन् ।

देउवा नेतृत्वको केन्द्रीय समितिमा प्रचार विभाग प्रमुख रहेका नेता मीन विश्वकर्माका अनुसार बैठकमा २५ जना नेता भेला भएका थिए । ‘आइतबार बिहान २५ जना नेता भेला भएर चाँडै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेका छौं,’ नेता विश्वकर्माले भने । बैठकमा पूर्वउपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङसमेत उपस्थित थिए ।

नेताहरुले खड्कालाई केन्द्रीय समिति बैठक बोलाउने जिम्मेवारी दिएका छन् । गत पुसको अन्तिममा भएको विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व गगन थापाले लिएका थिए । उनको नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा समूह सर्वोच्च अदालतमा पुगेको थियो । उक्त मुद्दा सर्वोच्चमा विचराधीन अवस्थामा रहेको छ ।

उक्त मुद्दाको अन्तिम फैसला नआएसम्म देउवा समूहले कुनै गतिविधि नगर्ने बताएको थियो । यद्यपि, थापा नेतृत्वको कांग्रेसले केन्द्रीय समिति बैठक आयोजना गरेसँगै देउवापक्ष यो निर्णयमा पुगेको बताइएको छ । उक्त बैठकमा चुनावी समीक्षासमेत भएको थियो । देउवा समूहका नेताहरुले विशेष महाधिवेशनमा थापाले नेतृत्व गरेसँगै कांग्रेस चुनावमा हारेको बताएका थिए । यसका लागि सबै नेता एक ठाउँमा उभिनुपर्ने उनीहरुको सुझाव थियो । ‘गगनले आफूलाई सभापति घोषणा गरेर प्रधानमन्त्रीको उम्मेदवार बने । निर्वाचनमा आफ्नै लज्जास्पद हार भएको छ । कांग्रेस पनि हार्नुपरेको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘अब कांग्रेसलाई बचाउनुपर्छ । हामी मिलेर जानुको विकल्प छैन ।’

देउवा पक्षका अर्का नेता श्याम घिमिरेले गगनले हतार गर्दा यो अवस्था आएको बताए । ‘विशेष महाधिवेशनको नाममा जे जस्तो भयो, त्यसको परिणाम पनि हामीले भोगिसक्यौं । हामीले चुनावको मुखमा आएर पाँच महिनासम्म पार्टीभित्र झगडा गर्दै रह्यौं विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर,’ घिमिरेले भनेका छन्, ‘यो झगडाले पार्टीभित्रको समग्र एकतालाई खल्बलायो । र, त्यसको मेसेज पनि जनतामा असाध्यै नराम्रोसँग गयो । त्यो नै निर्वाचनमा पराजयको मुख्य कारण बन्यो ।’
 


प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP