Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा
आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ८, २०८२

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल  १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँको कुल वैदेशिक व्यापारमा मुलुकले  १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा बेहोरेको हो । 

पछिल्लो आठ महिनामा  १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात र  एक खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ । गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र  पाँच खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ छ । यस अवधिसम्ममा भारतबाट  सात खर्ब २४ अर्ब छ करोड रुपैयाँको वस्तु आयात भएको छ भने  एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । 

त्यस्तै, छिमेकी मुलुक चीनसँग दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात हुँदा  दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको विभागले जनाएको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन् । नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग  ५० करोड ६५ लाख रुपैयाँ, नर्वेसँग  तीन करोड ३३ लाख रुपैयाँ र आइसल्याण्डसँग  दुई करोड ५७  लाख रुपैयाँ बराबर व्यापार नाफा देखिएको छ ।

Hardik health

यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा  ८२ अर्ब १० करोड ५१ लाख रुपैयाँको डिजेल,  ४३ अर्ब ८९ करोड ७३ लाख रुपैयाँको पेट्रोल र  ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । 

त्यस्तै,  ८१ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको कच्चा भटमास तेल आयात भएको छ भने  २९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ बराबरको स्मार्टफोन,  ३६ अर्ब ८२ करोड ३० लाख रुपैयाँको फलामजन्य वस्तु,  २३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँको सुन,  १८ अर्ब ४४ करोड ७८ लाख रुपैयाँको चाँदी आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा  ७५ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ ।  त्यस्तै,  नौ अर्ब ४९ करोड रुपैयाँ, ६१ लाख रुपैयाँको अलैँची,  छ अर्ब ५३ करोड ९६ लाख रुपैयाँको कार्पेट,  छ अर्ब २० करोड २३ लाख रुपैयाँको सूर्यमुखी तेल,  चार अर्ब ३२ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ ।


प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति आइतबार, चैत ८, २०८२
पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु : गरिबी निवारण र उद्यमशीलताका लागि नयाँ मार्गचित्र
पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु : गरिबी निवारण र उद्यमशीलताका लागि नयाँ मार्गचित्र आइतबार, चैत ८, २०८२
सरकारी कर्मचारीका लागि  अब जिल्लाबाटै   'ई-पेन्सन' सेवा
सरकारी कर्मचारीका लागि अब जिल्लाबाटै 'ई-पेन्सन' सेवा आइतबार, चैत ८, २०८२
लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व संकलन
लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व संकलन शुक्रबार, चैत ६, २०८२
केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’
केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’ शुक्रबार, चैत ६, २०८२
दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP