काठमाडाैं - नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले कांग्रेस संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् । शुक्रबार केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगेका नेता केसीले सञ्चारकर्मीसँग कुरा गर्दै साे बताएका हुन् ।
आफू कांग्रेसका सांसदभित्रको सबैभन्दा पाको र पुरानो नेता भएकाले आफूले नै संसदीय दलको नेताको भूमिका पाउनुपर्ने उनले उल्लेख गरे ।
संसदीय अभ्यास र यात्रामा आफूले धेरै ठुलो योगदान गरेको भन्दै उनले ०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिनेमध्ये आफू भएको दाबी गरे । नेता केसी भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिक कोटामा सांसद बनेका हुन् ।