Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ६, २०८२

एएफपी- मध्यपूर्वमा जारी तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध छिट्टै अन्त्यतर्फ जाने दाबी गरेका छन् ऊर्जा पूर्वाधारमा थप आक्रमण नहुने संकेत दिएपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । यद्यपि द्वन्द्व कायमै रहेकाले ऊर्जा बजारमा अनिश्चितता अझै कायम रहेको देखिएको छ ।

नेतान्याहुले पत्रकार सम्मेलनमार्फत इरान ‘विनाश हुँदै गएको’ र इजरायल तथा संयुक्त राज्य अमेरिका ‘विजयको दिशामा अघि बढिरहेको’ बताएका छन् । उनका अनुसार इरानसँग अब युरेनियम समृद्ध गर्ने वा ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गर्ने क्षमता नरहेको दाबी गरिएको छ । साथै युद्ध अपेक्षाभन्दा छिटो अन्त्य हुने विश्वास व्यक्त गरिए पनि स्पष्ट समयसीमा भने दिइएको छैन । उनले संयुक्त राज्य अमेरिकासँग मिलेर स्ट्रेट अफ होर्मुज सुरक्षित बनाउने प्रयास भइरहेको पनि उल्लेख गरे । विश्वव्यापी तेल र ग्यास आपूर्तिको झण्डै पाँचौँ हिस्सा यही जलडमरूमध्यबाट पार हुने भएकाले यसको सुरक्षा अत्यन्त संवेदनशील मानिन्छ ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानी ऊर्जा पूर्वाधारमा थप आक्रमण नगर्न सुझाव दिएको बताएका  छन् । उनले आफूले प्रधानमन्त्रीसँग कुरा गरेर यस्तो आक्रमण नगर्न आग्रह गरेको र त्यसलाई मानिएको दाबी गरेका  छन् । यसअघि इजरायलले दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामाथि प्रतिशोधको चेतावनी दिएको थियो । तेल बजारमा यी संकेतहरूको प्रभाव तत्काल देखिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य करिब ९८ डलर आसपासमा झरेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट करिब ९४ डलरमा कारोबार भएको छ । यसअघि तेहरानले खाडी क्षेत्रका ऊर्जा केन्द्रहरूमा आक्रमण गरेपछि मूल्य तीव्र रूपमा बढेको थियो । युरोपेली ग्यासको मूल्यसमेत एक चरणमा एक तिहाइभन्दा बढीले उकालो लागेको थियो ।

Hardik health

तर युद्ध चौथो हप्तामा प्रवेश गरिसक्दा पनि जोखिम हटेको छैन । इरानद्वारा होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द गरिँदा ऊर्जा आपूर्ति अवरुद्ध हुने डर अझै कायम छ । यसैबीच, इजरायलले शुक्रबार तेहरानमा थप हवाई आक्रमण सुरु गरेको छ भने इरानले ड्रोन हमलापछि कुवेतको तेल प्रशोधन केन्द्रमा आगलागी गराएको जनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले होर्मुज क्षेत्रमा सुरक्षित आवागमन सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घको संयन्त्र बनाउने विषयमा सुरक्षा परिषद्का स्थायी सदस्यहरूसँग छलफल अघि बढाउने योजना रहेको बताएका छन्, तर यो पहल युद्धविरामपछि मात्र सम्भव हुने संकेत गरिएको छ ।

युद्धको प्रभाव विश्व वित्तीय बजारमा पनि देखिएको छ । वाल स्ट्रिटले केही समय सुधार देखाए पनि एसियाली सेयर बजारहरूमा व्यापक गिरावट आएको छ । हङकङ, साङ्घाई, सिड्नी, सिङ्गापुर, ताइपेई र वेलिङ्गटनमा बजार ओरालो लागेको छ भने सियोल, मुम्बई र बैंककमा सामान्य वृद्धि देखिएको छ । टोकियोमा भने सार्वजनिक बिदाका कारण कारोबार बन्द थियो ।विश्लेषकहरूका अनुसार नेतान्याहुको आश्वासनले बजारमा केही समयका लागि राहत दिएको भए पनि दीर्घकालीन प्रभाव तत्काल हट्ने अवस्था छैन ।

एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सका अनुसार यस्तो टिप्पणीले आपूर्ति अवरोध छोटो अवधिमा सीमित हुन सक्छ भन्ने धारणा बलियो बनाएको छ । तर ऊर्जा पूर्वाधार पुनर्निर्माण, आपूर्ति सञ्जालको पुनःस्थापना र विश्वव्यापी ढुवानीमा विश्वास फर्काउन समय लाग्ने भएकाले संकटको प्रभाव तत्काल अन्त्य नहुने उनको विश्लेषण छ ।
 


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP