Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ६, २०८२

लुम्बिनी- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ । पश्चिम नेपालकै सबैभन्दा धेरै बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालको ११६औँ स्थापना दिवसमा एमआरआई सेवा सुरुआत गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानीमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको छ । एमआरआई सेवाको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । उनले लुम्बिनी प्रादेशिक अस्पतालका सेवा थप प्रभावकारी बनाउन प्रतिष्ठानका रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री आचार्यले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । उनले नमूना अस्पतालका रूपमा विकास गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएको जानकारी दिए । प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सस्तो र सुलभ गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढङ्गले सेवा लिन पाउने उनले विश्वास व्यक्त गरे । एक हजार २०० शय्याको अस्पताल निर्माणको काम अघि बढेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले विगत २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको र तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना रहेको बताए ।

Hardik health

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेगरी काम भइरहेको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, अस्पतालका प्रमुख प्रशासक प्रेमराज गौतमलगायतले अस्पतालको सेवा प्रभावकारी बनाउन सबैको समन्वय र सहकार्य जरुरी रहेको बताए ।

सो अवसरमा अस्पतालका सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी दिएका थिए  । सो अवसरमा अवकाशप्राप्त कर्मचारीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।
 


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै
बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै शुक्रबार, चैत ६, २०८२
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान शुक्रबार, चैत ६, २०८२
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने बिहीबार, चैत ५, २०८२
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान बिहीबार, चैत ५, २०८२
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP