Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ६, २०८२

पाटन- राष्ट्रिय किताबखानाले एकीकृत ‘डिजिटल’ निवृत्तभरण (पेन्सन) सेवा सुरु गरेको छ । राष्ट्रिय किताबखानाले आज यहाँ औपचारिक कार्यक्रम आयोजना गरी निवृत्तभरणका सबै काम डिजिटल प्रणालीबाट हुने गरी सेवाको शुभारम्भ गरेको हो ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अबदेखि राजीनामा वा अनिवार्य अवकाशमा जाने कर्मचारीले आफूले पाउने निवृत्तभरण, उपदानलगायतका सेवाका लागि राष्ट्रिय किताबखाना धाइरहनु पर्दैन । “राष्ट्रिय किताबखानाले आफ्नो मुख्य सेवालाई डिजिटल रुपान्तरणको माध्यमवाट विद्युतीय तहमा स्तरोन्नति गरेको छ, हाम्रो सबै सेवा सेवाग्राहीको भौतिक उपस्थितिविना नै हुन्छ,” महानिर्देशक पोखरेलले भने । उनका अनुसार प्रारम्भमा ७७ वटै जिल्लामा एकीकृत डिजिटल निवृत्तभरण सेवाका लागि सहजकर्ता निकायको भूमिका कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्नेछ । यसका लागि राष्ट्रिय किताबखानाले सञ्चालन गरिरहेको एकीकृत डिजिटल निवृत्तभरण प्रणालीको पहुँच जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयलाई प्रदान गरिएको उनले जानकारी दिए । सेवाको गुणस्तरीयता र दिगोपना सुनिश्चित भएपछि कर्मचारी निवृत्त हुने सम्बन्धित सबै कार्यालयलाई उपलब्ध गराइने महानिर्देशक पोखरेलले जानकारी दिए ।

“राष्ट्रिय किताबखानाले प्रयोगमा ल्याएको यस प्रणालीमार्फत सम्बन्धित जिल्लावाट आवेदन दिन सकिने व्यवस्था छ, आवेदन दिने कर्मचारीको सम्बन्धित विवरण राष्ट्रिय किताबखानाको प्रणालीमा सिधै देखिने व्यवस्था मिलाइएको छ । किताबखानाले ‘अनलाइन’ प्रणालीमार्फत प्राप्त विवरण आफ्नो विवरणसँग प्रमाणीकरण गरी माग गरिएको सेवा स्वीकृत गर्दछ । स्वीकृत भएका सेवा अनलाइन प्रमाणीकरणमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र निवृत्तभरण व्यवस्थापन कार्यालयमा अनलाइन प्रणालीबाटै गएपछि सरोकारवाला कर्मचारीले जिल्लाबाटै सेवा पाउने अवस्था सुनिश्चित हुन्छ,” उनले भने ।
कुनै कार्यालय प्रमुखले आफ्नो कार्यालयबाट अवकाश वा राजीनामा स्वीकृत गराई निवृत्त हुन लागेका कर्मचारीलाइ कार्यालयवाटै डिजिटल माध्यमबाट निवृत्तभरण सेवा दिने सकारात्मक सोच राखी विभागलाई अनुरोध गरेमा मागमा आधारित रहेर प्रणालीको पहुँच उपलब्ध गराउन सकिने सुविधा रहेको उनले जानकारी दिए ।

Hardik health

राष्ट्रिय किताबखानाले आजदेखि सुरु गरेको यस प्रणालीमा निवृत्तभरण अधिकारपत्र, उपदान रकम निर्धारणको किटानीपत्र, सञ्चित घर बिदा तथा बिरामी बिदाबापत पाउने सुविधाको किटानीपत्र, औषधि उपचार सुविधाको किटानीपत्र, रोजेको बैङ्कमा सोझै निवृत्तभरण खाता खुल्ने सुविधा समावेश गरिएको जानकारी दिइएको छ । राष्ट्रिय किताबखानाले निकट भविष्यमा नै निवृत्तभरण अधिकारपत्र र निवृत्त कर्मचारी परिचयपत्रलाई नागरिक ‘एप’मार्फत देख्न र ‘प्रिन्ट’ सकिने सुविधा विस्तार गर्ने महानिर्देशक पोखरेलले जानकारी दिए ।
 


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP