Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ६, २०८२

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको चम्पावत जिल्लाअन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार यहाँ आजदेखि भारतीय दर्शनार्थीको भीड बढेको हो ।

फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहानैदेखि दर्शनार्थीको भीड अत्यधिक बढेको हो । यहाँ बिहानैदेखि हजारौँ दर्शनार्थीको भीड बढेपछि मन्दिर र आसपासका क्षेत्रमा नेपाल प्रहरी र भीमदत्त नगरपालिकाको नगर प्रहरी त्यसको व्यवस्थापनमा जुटेको छ । “पूर्णागिरिको दर्शनपछि सिद्धनाथ मन्दिरको दर्शन गर्नुपर्ने मान्यताका कारण हजारौँको सङ्ख्यामा दर्शनार्थी यहाँ आउने गर्छन्”, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भने, “भारतीय दर्शनार्थीको भोजनका लागि मन्दिर छेउमै भण्डारा लगाइएको छ ।”

उनले दर्शनार्थीको भीडभाडसँगै महेन्द्रनगर, बह्मदेव, गड्डाचौकीलगायत क्षेत्रमा चहलपहल बढेको बताए । बजार क्षेत्रको पार्किङ व्यवस्थित गर्ने प्रयास गरिएको छ ।  ब्रह्मदेवस्थित सिद्धनाथ मन्दीर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकले नवरात्रा अवधिमा मात्रै दैनिक हजारौँ दर्शनार्थी सिद्धनाथ मन्दिर दर्शनका लागि आउने गरेको बताए। बर्सेनि फागूपूर्णिमादेखि असारसम्म पूर्णागिरि मेला लाग्ने गर्छ । तीन महिनामा सिद्धनाथ मन्दिर दर्शन गर्न एक लाखभन्दा बढी दर्शनार्थी आएको उनले बताए । “दर्शनार्थीका कारण बजार क्षेत्रमा चहलपहल बढे पनि पहिलेको जस्तो व्यापार छैन”, अध्यक्ष नायकले भने, “होटल व्यवसाय, यातायात व्यवसाय भने योबेला राम्रो हुने गरेको छ ।”

Hardik health

यसैगरी, महेन्द्रनगरका अग्रज व्यवसायी प्रमोद जजोदियाले आफूहरू विगत एकदशकयता मिलेर नवरात्रिका बेला मन्दिरमा आउने दर्शनार्थीका लागि भण्डारा लगाउने गरेको बताए । “नवरात्रिका नौ दिन हामी निःशुल्क भोजन गराउँछौँ दैनिक दुई/तीन हजारदेखि आठ/नौ हजारसम्म दर्शनार्थी भोजन गर्छन्”, उनले भने, “यहाँका ३०/४० जना व्यापारी मिलेर हरेक वर्ष पूर्णागिरि मेलाका बेला निःशुल्क भोजनको व्यवस्थापन सिद्धनाथ मन्दिर छेउमै हुन्छ ।”


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु मंगलबार, साउन १९, २०८३
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP