Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ६, २०८२

एएफपी- संयुक्त राज्य अमेरिका र जापानबीच ऊर्जा, पूर्वाधार र रणनीतिक खनिज क्षेत्रमा सहकार्य तीव्र बनाउने दिशामा ठूलो लगानी घोषणासहित नयाँ अध्याय सुरु भएको छ । वासिङ्टनमा दुई देशका नेताहरूबीच भएको भेटवार्तापछि टेनेसी र अलाबामामा आणविक रिएक्टर निर्माणका लागि ४० अर्ब डलरको परियोजना सार्वजनिक गरिएको हो ।

यो सहकार्य गत वर्ष टोकियोले वासिङ्टनसँगको नयाँ व्यापार समझदारीअन्तर्गत सन् २०२९ सम्म पाँच खर्ब ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएपछि थप गतिशील बनेको हो । सोही पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री साने ताकाइचीबीच विस्तृत छलफल भएको जनाइएको छ । दुवै देशले विशेषगरी साना मोड्युलर रिएक्टर (एसएमआर) प्रविधिमा जोड दिएका छन् । यसलाई भविष्यको स्थिर र भरपर्दो ऊर्जा स्रोतका रूपमा हेरिएको छ । बिहीबार जारी संयुक्त वक्तव्यअनुसार पेन्सिलभेनिया र टेक्सासमा प्राकृतिक ग्यासमा आधारित ऊर्जा उत्पादन संरचनामा थप ३३ अर्ब डलर लगानी गरिनेछ ।

यसअघि फेब्रुअरीमै घोषणा गरिएको नयाँ लगानी कोषअन्तर्गत तीन ठूला पूर्वाधार परियोजनामा ३६ अर्ब डलर खर्च गर्ने प्रतिबद्धता गरिएको थियो । यसलाई अहिले थप विस्तार गरिएको देखिन्छ । ताजा योजनाले दुई देशको आर्थिक वृद्धिलाई गति दिने र ऊर्जा सुरक्षालाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । संयुक्त वक्तव्यमा यी परियोजनाले अमेरिका-जापान गठबन्धनलाई नयाँ उचाइमा पुर्‍याउने उल्लेख गर्दै यसलाई ‘नयाँ स्वर्ण युग’ तर्फको आधारका रूपमा व्याख्या गरिएको छ । जीई भर्नोभा हिटाचीद्वारा विकास गरिएका एसएमआरहरूले विद्युत् मूल्य स्थिर बनाउन सहयोग गर्ने र विश्वव्यापी प्रविधि प्रतिस्पर्धामा दुवै देशको अग्रता सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

Hardik health

ऊर्जा सहकार्यसँगै दुवै पक्षले महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खला विकासमा पनि सहमति जनाएका छन् । चीनको प्रभाव बढ्दो रहेको यस क्षेत्रमा वैकल्पिक आपूर्ति सञ्जाल निर्माण गर्ने उद्देश्यले समन्वित व्यापार नीति, सीमा-समायोजित मूल्य निर्धारणजस्ता उपायमा छलफल अघि बढाइएको छ । यसैक्रममा जापानको मिनामितोरिशिमा टापु आसपासका गहिरो समुद्री क्षेत्रमा पाइने दुर्लभ पृथ्वी खनिजको संयुक्त अन्वेषण र विकासमा पनि सहकार्य गर्ने योजना सार्वजनिक गरिएको छ । टोकियोबाट करिब एक हजार ९५० किलोमिटर दक्षिणपूर्वमा रहेको यो पृथक कोरल एटोल वरपर बहुमूल्य खनिज भण्डार रहेको विश्वास गरिएको छ ।

हालै जनवरीमा जापानी गहिरो समुद्री वैज्ञानिक ड्रिलिङ जहाज त्यहाँ पठाइएको थियो, जसले समुद्रतलबाट दुर्लभ पृथ्वी तत्त्वयुक्त तलछट सङ्कलन गरेको बताइएको छ । यी स्रोतहरू भविष्यका उच्च प्रविधि उद्योगका लागि महत्त्वपूर्ण मानिएकाले अमेरिका र जापानले यस क्षेत्रमा सहकार्य बढाउँदै लगेका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP