Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ५, २०८२

‍मलेखु- त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा-नौबिसे सडकखण्ड विस्तारको काम अहिले अन्तिम चरणमा पुगेको छ । सडक कालोपत्र भएर फराकिलो बने पनि सडक सुरक्षाका आवश्यक सङ्केत राख्न ढिलाइ हुँदा दुर्घटनाको जोखिम पनि उच्च देखिएको हाे । 

यही सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी अहिले आफैँ कोदालो र खन्ती बोकेर जोखिमपूर्ण स्थानमा ट्राफिक सचेतनासम्बन्धी सूचना (बोर्ड) राख्ने काम थालनी गरेको छ । सडक विस्तारपछि ओरालो, उकालो र खतरनाक घुम्तीको पहिचान दिने बोर्ड नहुँदा चालक झुक्किने र दैनिकजसो सानाठूला दुर्घटना भइरहेका छन् । सडक सङ्केत राख्न अझै केही समय लाग्ने देखिएपछि ट्राफिक प्रहरीले जोखिमपूर्ण स्थान र अप्ठ्यारा घुम्तीमा आफ्नै पहलमा सचेतना बोर्ड राख्न सुरु गरेको हो ।

सडक कालोपत्र भएर फराकिलो र चिल्लो बने पनि सडक सुरक्षाका आवश्यक सङ्केत राखिनसकेकाले दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरी आफैँं बोर्ड गाड्न खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए । उनका अनुसार बुधबार मात्रै टोलीले नौबिसे-मलेखु खण्डका १३ वटा अतिजोखिमपूर्ण स्थानमा यस्ता बोर्ड राखेको छ ।

Hardik health

बजेट अभावका कारण ज्यालामा कामदार लगाउन कठिन भएपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरी आफैँले कोदालो चलाएर खाल्डो खनेका प्रहरी निरीक्षक थापाले बताए । सेतो टोपी र पेटी बाँधेर सडकमा उभिने प्रहरी बोर्ड गाड्नका लागि खाल्डो खनिरहेको देख्ने स्थानीयले ट्राफिक प्रहरीले सम्मानयोग्य काम गरेको भन्दै प्रशंसा गरेका छन् । 

“सडक विभाग र निर्माण कम्पनीले सडक सुरक्षाका प्राविधिक काम पूरा गरिनसकेको अवस्थामा प्रहरीको यो अग्रसरताले यात्रु र चालकलाई ठूलो राहत मिल्नेछ”, गल्छीका स्थानीय जगन्नाथ खतिवडाले भने । उनका अनुसार यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर ट्राफिक प्रहरीले पहिला पनि ठूला दुर्घटना भएका र अहिले दुर्घटनाको उच्च जोखिम रहेका क्षेत्र पहिचान गरी सचेतना बोर्ड राखेको हो । 

“सडकको नयाँ संरचना बन्ने क्रममा पुराना सङ्केत बोर्ड उखेलिएका छन्, जसले गर्दा चालकलाई सडकको अवस्था बुझ्न कठिन भएको छ”, प्रहरी निरीक्षक थापाले भने, “दुर्घटना रोक्ने प्रयासस्वरूप हामी आफैँ कार्यक्षेत्रमा खटिएर यी बोर्ड गाडिरहेका छौँ ।” सडक विस्तारसँगै सडक सुरक्षाका पूर्वाधार पनि उत्तिकै आवश्यक हुन्छन् । भौतिक रूपमा सडक सम्पन्न भए पनि सङ्केत बोर्डको अभावमा देखिने रिक्ततालाई ट्राफिक प्रहरीको यो सक्रियताले केही हदसम्म भए पनि कम गरेको स्थानीय बताउँछन् । 
 


प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP