Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै
बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ५, २०८२

गलकोट- बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम स्तरोन्नति भइरहेका  छन् ।   सडक डिभिजन कार्यालयअन्तर्गत  दुई करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मका ११ सडक स्तरोन्नति भइरहेका जिल्ला सडक डिभिजन कार्यालयले जनाएको हाे ।

२०७९ सालमा ठेक्का सम्झौता भएको गलकोट नगरपालिकाको हरिचौर-मल्म-पाण्डवखानी-रमुवा-भिमगिठे-निसीखोला सडक  २५ करोड रुपैयाँ  लागतमा कालोपत्रका लागि स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । कार्यालयबाट सञ्चालित सबैभन्दा ठूलो योजनाको रुपमा रहेको उक्त सडकको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । अन्य १० सडक भने २०८१ यता मात्रै सम्झौता गरेका सडक हुन् । 

जिल्लाभर सडक डिभिजन कार्यालयमार्फत  ४९ करोड ५४ लाख रुपैयाँका ११ सडकको स्तरोन्नति भइरहेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अन्य योजना २०८१ पछिको सम्झौता भए पनि हरिचौर-मल्म-पाण्डवखानी सडक कालोपत्रमा ढिलाइ भइरहेको छ । 

Hardik health

पाखुते-बायोखोला-झिम्पा-निसी सडकखण्डमा पहिरो पन्छाउने, सडक खन्ने तथा सडक स्तरोन्नतिको काम भइरहेको छ । एक करोड ५८ लाख रुपैयाँको लागतमा एमएस इन्द्रेणी जावला जेभीसँग सम्झौता भएर काम भइरहेको छ । उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । गलकोट नगरपालिका-१० स्थित रणसिंहकिटेनी दोभानदेखि रामुवा सडकखण्डमा  एक करोड ३२ लाख रुपैयाँमा एमएसकोण्डा सर्वसिद्धी जेभीसँग २०८२ मङ्सिरमा ठेक्का सम्झौता गरी धमाधम स्तरोन्नतिको काम सुरु गरिएको छ ।  

अछेते-मुल्ठाना-सिम सडक स्तरोन्नतिका लागि  दुई करोड ११ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी काम अघिबढेको छ । हालै सुरु गरिएको उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । फलेवास नगरपालिकाको दुल्लेबेँसी-अमरपुरी-दरौदी-सुन्तलाचौर सडक सुधारका लागि करिब  दुई करोड ४३ लाख रुपैयाँमा धमाधम सडक स्तरोन्नति भइरहेको छ । उक्त सडकको प्रगति ६० प्रतिशत पुगेको छ । उक्त सडक २०८३ असारमा हस्तान्तरण भइसक्नुपर्ने हुन्छ । 

आदर्श प्रावि डाँडाथरदेखि स्यालपाखा हुँदै भैरवस्थान जोड्ने सडकमा समेत स्तरोन्नतिको काम भइरहेको छ ।  दुई करोड १७ लाख रुपैयाँ लागतमा उक्त सडकको काम ५४ प्रतिशत सम्पन्न भइसकेको छ । मङ्गलीखोला-धाम्जा-बेलढुङ्गा-म्याग्दी सडक  दुई करोड २९ लाख रुपैयाँमा ठेक्का २०८२ पुसमा सम्झौता गरी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

बाङ्गेचौर-उपल्लाचौर सडक सुधारका लागि  छ करोड ७२ लाख रुपैयाँमा २०८१ माघमा सम्झौता गरी स्तरोन्नति भएर कालोपत्रको चरणमा पुगेको छ । उक्त सडक कालोपत्र गर्न ग्राभेल गर्ने तयारी भइरहेको छ ।  बागलुङ नगरपालिका-३ रात्माटा-कोलको-घुम्ती-रिठाबोट-पाखाथर हुँदै कुँडुले जोड्ने सडकमा  दुई करोड २५ लाख रुपैयाँ को लागतमा ५५ प्रतिशत सडक स्तरोन्नति, बागलुङको डोठेतालदेखि राम्तोला सम्मको सडक दुई चरणमा  पाँच करोड ५० लाख रुपैयाँमा स्तरोन्नति भइरहेको छ । 


प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP