Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  •  जाँचबुझ आयोगको प्रतिवेदन थन्कियो
नयाँ सरकारलाई जिम्मा लगाएर पन्छिने दाउमा प्रधानमन्त्री कार्की  जाँचबुझ आयोगको प्रतिवेदन थन्कियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ५, २०८२

 

यसअघि पनि यस्ता छानबिन आयोग बने, सरकारले प्रतिवेदन बुझ्यो, दराजमा थन्क्यायो, त्यो देखेका छौं । यसपटक पनि त्यस्तै शंका भयो । यदि सार्वजनिक गरे पनि केही लुकाउन खोजेको जस्तो देखिन्छ । त्यो राम्रो होइन ।
प्रा.डा. लोकराज बराल
राजनीतिशास्त्री

  • कार्की आयोगको प्रतिवेदन अझै सार्वजनिक भएन
  • सार्वजनिक गर्ने र कार्यान्वयन गर्ने जिम्मा नयाँ सरकारलाई दिने तयारी
  • माइतीघरमा प्रदर्शन गर्दै दबाब बढाउँदै जेन-जी समूह
  • प्रतिवेदनको संवेदनशीलताका कारण सार्वजनिक नगरेको हुन सक्ने टिप्पणी

काठमाडौं- सरकारले जेन-जी विद्रोहमा भएको हिंसात्मक र ध्वंशात्मक घटनाको सत्यतथ्य जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिवेदन सोमबार (२ चैतमा) नै सार्वजनिक हुने बताएका थिए । तर, सार्वजनिक गरिएको छैन ।

कार्की आयोगले फागुन २४ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । करिब ९०० पृष्ठको प्रतिवेदन बुझिसकेको डेढ साता हुँदासम्म सार्वजनिक नगरिँदा सरकारको नियत र राजनीतिक स्वार्थमाथि प्रश्न उठेको छ । प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएअनुसार प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया अहिले रोकिएको छ । नयाँ सरकारले नै प्रतिवेदन सार्वजनिक गरून् भन्ने चाहना प्रधानमन्त्री कार्कीको रहेको सचिवालय स्रोतले भन्यो ।

Hardik health

आयोगले बुझाएको प्रतिवेदन नयाँ सरकारलाई हस्तान्तरण गर्ने र सोही सरकारले सार्वजनिक गरेर कार्यान्वयन गरून् भन्ने प्रधानमन्त्रीले चाहनुभएको छ ।
प्रधानमन्त्रीको सचिवालय

‘आयोगले बुझाएको प्रतिवेदन नयाँ सरकारलाई हस्तान्तरण गर्ने र सोही सरकारले कार्यान्वयन गरून् भन्ने प्रधानमन्त्रीले चाहनुभएको छ,’ सचिवालयका एक सदस्यले प्रभावलाई भन्यो, ‘त्यही भएर अहिले रोकिएको छ ।’ प्रतिवेदन सार्वजनिक गर्न कार्की सरकारमाथि दबाब बढ्दो छ । अहिलेको राजनीतिक परिवर्तनको मूल शक्ति जेन-जीहरूको एक समूहले माइतीघरमा दिनहुँ भेला हुँदै छिटो प्रतिवेदन सार्वजनिक गर्न दबाब दिइरहेको छ । समूहले २३ गतेको सरकारी दमन र २४ गतेको विध्वंश र घुसपैठमा संलग्नहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेको छ । 

प्रदर्शनमा उत्रिएकी जेन-जी अभियन्ता रक्षा बमले त प्रतिवेदन सार्वजनिक गर्ने जिम्मेवारीबाट सरकार पन्छिएको निष्कर्षमा आफूहरू पुगेको बताइन्, जुन म्याण्डेटविपरीत भएको उनको भनाइ छ । ‘चुनाव गराउने दायित्व त सरकारको थियो नै, साथै जेन-जी आन्दोलनपछि बनेको अहिलेको सरकारको उक्त आन्दोलनप्रति पनि जिम्मेवारी थियो,’ उनले भनिन्, ‘त्यस विषयमा छानबिन गर्ने र प्रतिवेदन कार्यान्वयन गर्ने म्याण्डेट यही सरकारमाथि थियो । तर सरकार पन्छिएको हाम्रो निष्कर्ष छ ।’

प्रतिवेदन सार्वजनिक नहुँदा त्यहाँ के छ ? आम कौतुहल्ता उत्पन्न भएको छ । प्रतिवेदनमा २३ भदौको सरकारी दमनमा त्यसबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडीलगायतलाई फौजदारी कसुरमा छानबिन गरेर कारबाही सिफारिस गरिएको बताइएको छ । गोली हान्ने र हान्न आदेश दिने सुरक्षा अधिकारीहरूलाई पनि २३ गतेको घटनामा जिम्मेवार बनाउन सिफारिस गरिएको बताइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद गणेश कार्कीसहित सात जना सांसदलाई पनि संसद् भवन, सिंहदरबारलगायत संरचनामा आगजनी गरेको घटनामा जिम्मेवार बनाउन सिफारिस गरेको विवरण पनि सार्वजनिक भएको छ ।  

विद्रोहको दमन र त्यसबेला सार्वजनिक तथा निजी सम्पत्ति ध्वंश गर्नमा संलग्नहरू दुवै पक्षलाई प्रतिवेदनमार्फत कारबाही सिफारिस गरिएको हुनाले कार्की सरकार उक्त संवेदनशील प्रतिवेदन सार्वजनिक गर्न हिच्किचाएको अथ्र्याइने गरिएको छ । यो प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन भए राजनीतिक संक्रमण लम्बिने र त्यसले संकट निम्त्याउने टिप्पणी पनि भइरहेको छ । फेरि, हालै प्रतिनिधिसभा निर्वाचन गरेर प्रशंसा बटुलेकी प्रधानमन्त्री कार्की प्रतिवेदन सार्वजनिक गरेर आलोचित हुन नचाहेको अर्थमा पनि विश्लेषण भइरहेको छ । सोही कारण प्रतिवेदन सार्वजनिक गर्ने जिम्मेवारी आगामी बालेन सरकारलाई सारिएको बताइन्छ ।

यद्यपि, कार्की सरकारको यो कदमलाई लिएर प्रश्न उठेको छ । प्रतिवेदन बुझिसकेको सरकारले त्यसलाई सार्वजनिक नगर्नु कर्तव्यबाट पन्छिएको संकेत भएको भन्दै आलोचना भइरहेको छ । राजनीतिशास्त्री प्रा.डा. लोकराज बराल चुनावअघि प्रतिवेदन नबुझ्नु व्यावहारिक भएको तर त्यसपछि बुझेर सार्वजनिक नगर्नु ठीक नभएको बताउँछन् । यसले लुकाउन खोजिएको हो कि भन्ने शंका उत्पन्न हुने उनको भनाइ छ ।  ‘यसअघि पनि यस्ता छानबिन आयोग बने, सरकारले प्रतिवेदन बुझ्यो, दराजमा थन्क्यायो, त्यो देखेका छौं,’ उनले भने, ‘यसपटक पनि त्यस्तै शंका भयो । यदि सार्वजनिक गरे पनि केही लुकाउन खोजेको जस्तो देखिन्छ । त्यो राम्रो होइन ।’

प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ हुनुको कारणमा प्रतिवेदनको संवेदनशीलता हुन सक्ने अनुमान गरिएको छ । आयोग स्रोतहरूका अनुसार प्रतिवेदनमा आन्दोलनका क्रममा भएको बल प्रयोग, ज्यान गएको घटना तथा सुरक्षाकर्मी र राजनीतिक नेतृत्वको भूमिकाबारे उल्लेख गरिएको छ । दोषीमाथि कारबाहीको सिफारिस गरिएको बताइन्छ । यस्तो प्रतिवेदन सार्वजनिक गर्दा त्यसले निम्त्याउने राजनीतिक संकटबारे कार्की सरकार सचेत बनेको हुन सक्ने पनि विश्लेषण भइरहेको छ । 
 


प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP