सिन्ह्वा- गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना कैदी अफगानी नागरिक स्वदेश फिर्ता आएका छन् । अफगान नागरिकहरू अफगानिस्तान फर्केको टोलो न्युजले जनाएको हाे ।
टोलो न्युजको रिपोर्टका अनुसार ती व्यक्तिहरू कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका पार गरेर स्वदेशमा प्रवेश गरेका थिए । कैदीहरूलाई एक दिन देखि लगभग दुई महिना सम्म विभिन्न अवधिका लागि पाकिस्तनी जेलमा राखिएको बताइएको छ ।
अफगानिस्तान फर्किए पछि, उनीहरूलाई दर्ता तथा सुचिृत गरी स्पिन बोल्डक सीमा नाकामै प्रारम्भिक मानवीय सहयोग प्रदान गरि आफ्नो गृह प्रान्तमा फर्कन सहयोग गरेकोसमेत टोलो न्युजले रिपोर्ट गरेको छ ।