Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो
निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ४, २०८२

टोकियो- कमजोर आन्तरिक तथा चिनियाँ मागबीच पनि निर्यातमा सुधार आउँदा जापानको व्यापार स्थिति फेब्रुअरीमा उल्लेखनीय रूपमा उल्टिएको छ । सरकारी तथ्यांकअनुसार एक महिनाअघि घाटामा रहेको जापानले फेब्रुअरीमा ५७ अर्ब ३० करोड येन (करिब ३६ करोड डलर) को व्यापार अधिशेष हासिल गरेको छ ।

वित्त मन्त्रालयले सार्वजनिक गरेको मौसमी रूपमा समायोजित प्रारम्भिक तथ्याङ्कले निर्यात ४.२ प्रतिशतले बढेर ९५ खर्ब ७० अर्ब येन पुगेको देखाएको छ । यसले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको संकेत गरेको छ । यसैबीच, जनवरीमा २.५ प्रतिशतले घटेको आयात फेब्रुअरीमा १०.२ प्रतिशतले बढेर ९५ खर्ब १० अर्ब येन पुगेको छ । यसले ऊर्जा लागत र कच्चा पदार्थको मूल्य वृद्धिको प्रभाव झल्काउँछ ।

अघिल्लो महिना जापानले ठूलो व्यापार घाटा व्यहोरेको अवस्थामा फेब्रुअरीको अधिशेषलाई सुधारको सङ्केतका रूपमा लिइएको छ । तर विश्लेषकहरूका अनुसार यो सुधार दीर्घकालीन रूपमा टिकाउ हुनेमा अझै अनिश्चितता कायमै छ ।मध्यपूर्वमा इरानसँगको युद्धका कारण होर्मुज जलडमरूमध्यमा अवरोध उत्पन्न हुँदा तेल आपूर्तिमा जोखिम बढेको छ । जापानले आफ्नो लगभग सम्पूर्ण तेल आयात गर्ने भएकाले बढ्दो ऊर्जा मूल्यले आयात लागत थप बढाउने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य हालै प्रति ब्यारेल करिब १०० डलरसम्म पुगेको छ ।

Hardik health

भूराजनीतिक तनावबीच पनि कमजोर येनले जापानलाई केही राहत दिएको देखिन्छ । अमेरिकी डलरको तुलनामा येन कमजोर भई करिब १५९ येनसम्म पुगेको छ । यो एक वर्षअघि १५० येनभन्दा कम थियो । यसले निर्यात प्रतिस्पर्धात्मकता बढाएको विश्लेषण गरिएको छ । यद्यपि प्रमुख व्यापार साझेदार चीनतर्फको निर्यात १०.९ प्रतिशतले घटेको छ । चन्द्र नयाँ वर्षका कारण माग असामान्य रूपमा कमजोर भएको यसका कारणमध्ये एक मानिएको छ । संयुक्त राज्य अमेरिकातर्फको निर्यात पनि आठ प्रतिशतले घटेको छ । यसमा अटो निर्यातमा आएको कमी मुख्य कारण हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सवारी साधनमा लगाएको १५ प्रतिशत भन्सार शुल्कले अटो उद्योगमा दबाब कायम राखेको छ । यसको विपरीत, युरोपतर्फको निर्यात भने उल्लेखनीय रूपमा बढेको  । यो एक वर्षअघिको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ । एसियाका अन्य देशहरूतर्फको निर्यात पनि २.८ प्रतिशतले बढेको छ ।

अब लगानीकर्ताहरूको ध्यान बैंक अफ जापानको मौद्रिक नीतितर्फ केन्द्रित भएको छ । दुई दिने बैठकपछि ब्याजदरसम्बन्धी निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ । केसिएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले बढ्दो तेल मूल्य अस्थायी हो कि दीर्घकालीन प्रवृत्ति बन्ने हो भन्ने मूल्याांकनपछि मात्र केन्द्रीय बैंकहरूले कडा नीति अवलम्बन गर्ने संक‍ेत देखिन सक्ने बताएका छन्  ।यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच हुने शिखर वार्ताले पनि आर्थिक र व्यापारिक सम्बन्धमा नयाँ दिशा दिन सक्ने भएकाले लगानीकर्ताहरू त्यसतर्फ पनि चासोपूर्वक हेरिरहेका छन् ।


प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियामा रोजगारी वृद्वि
दक्षिण कोरियामा रोजगारी वृद्वि बुधबार, चैत ४, २०८२
पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता
पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता बुधबार, चैत ४, २०८२
श्रीलंकामा राति इभी चार्जमा रोकको आग्रह
श्रीलंकामा राति इभी चार्जमा रोकको आग्रह बुधबार, चैत ४, २०८२
इरान-इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
इरान-इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार बुधबार, चैत ४, २०८२
क्युबा विरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी
क्युबा विरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी बुधबार, चैत ४, २०८२
अष्ट्रेलिया-युरोप व्यापार वार्ताः समझदारी नजिक
अष्ट्रेलिया-युरोप व्यापार वार्ताः समझदारी नजिक बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP