Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ४, २०८२

रसुवा- स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न थालेको देखिन्छ । यातायातको सुविधासहित राजधानी काठमाडौँबाट नजिक पर्ने यस क्षेत्रमा हरेक वर्ष पर्यटक सङ्ख्या वृद्धि हुँदै गएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको हाे । 

धार्मिक तथा प्राकृतिक सम्पादका कारण पर्यटकको रोजाइमा परेकाले पर्यटकीयस्थलका रुपमा रसुवा चिनिन थालेको छ ।    लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गका यी  नाम अब केवल भौगोलिक स्थान मात्र होइनन्, रसुवाको पर्यटन प्रवद्र्धनमा कामयावी भएका छन् । यसैका कारण पछिल्ला समय यस क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण गन्तव्यका रुपमा परिचित हुन सफल भएको छ । 

पछिल्लो ४८ वर्षमा चार लाख ८० हजारभन्दा बढी विदेशी पर्यटकले यी क्षेत्रमा भ्रमण गरिसकेका छन् । हमाली यात्रामा आगन्तुक पर्यटकको सङ्ख्या बढ्दै गएकाले रसुवाको पर्यटन यात्रा जीवित इतिहास साक्षी भएको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साह बताए ।

लाङटाङबाट सुरु भएको पर्यटन यात्रा
स्थानीयका अनुसार सुरुका दिनमा सडक अभाका कारण फाट्टफुट्ट देखिने पर्यटक लाङटाङसम्म आई क्याङ्जेनको चौँरीगोठमै बास बस्ने, त्यहीँको आगो ताप्दै रात कटाउँदै फर्किने गरेको अवस्थामा सीमित थियो ।  लाङटाङका स्वर्गीय रेञ्जन दोर्जे तामाङबाट सुरू भएको पर्यटन व्यवसाय सडक पूर्वाधारको विकाससँगै अहिले गाउँ समाजको लागि ठूलो वरदान सावित भएको छ ।

Hardik health

त्यही सङ्घर्षबाट लाङटाङको पूरै गाउँमा पर्यटकका लगि हिजोआज व्यवस्थित होटल, लज गणस्तरीय सेवासुविधासम्म आइपुगेको छ । करिब तीन हजार ९०० मिटर उचाइमा रहेको क्याङ्जेन जान आज पनि उस्तै कठोर छ, तर आतिथ्य भने अझ न्यानो बनेको छ । “हामी चिसोमा पनि पर्यटकलाई तातो महसुस गराउन चाहन्छौँ”, भन्छन् त्यहाँका व्यवसायी ढिण्डुप तामाङ ।

तामाङ सम्पदा मार्गः संस्कृतिसँगको भेट
लाङटाङको प्राकृतिक सौन्दर्यसँगै, तामाङ सम्पदा मार्गले संस्कृति र जीवनशैलीको कथा बोकेको छ । तत्कालीन समयमा ग्रामीण गरिबी निवारण  पर्यटन कार्यक्रममार्फत २०५७ सालदेखि सुरु गरिएको यस मार्गले गतलाङ, चिलिमे तथा तातोपानी, थुमन, नाकथली र बृद्विमलाई नयाँ जीवन दिएको तातोपानीका होटल व्यावसायी दावा साङ्वो तामाङ बताए।  

बृद्विमको होमस्टे अहिले पर्यटकका लागि ‘घर जस्तै अनुभव’ बनेको छ । स्थानीय परिकारका खानेकुरा, परम्परागतका वेशवुषा र तामाङ संस्कृतिको आत्मीयता, यी सबैले पर्यटकलाई केवल घुम्न मात्र होइन, बाँच्न सिकाउने गरेको ‘होमस्टे’ व्यवस्थापन समितिका अध्यक्ष ङवाङ तामाङले जानकारी दिए ।

गोसाइँकुण्डः आस्था र रोमाञ्चको सङ्गम
चार हजार ३८० मिटर उचाइमा रहेको गोसाईंकुण्ड केवल ताल होइन, आस्थाको केन्द्र पनि हो । उकाली, ओराली, भञ्ज्याङ र चौतारी पार गर्दै पुगिने यो गन्तव्यले पर्यटकलाई शारीरिक चुनौतीसँगै आध्यात्मिक सन्तुष्टि पनि दिने गरेको छ ।

धार्मिक मार्गभर होटल–लजको व्यवस्था, चन्दनबारीदेखि लहुरी विनायक गोसाइँकुण्डसम्मको सहज  बास तथा खाना र आपत्कालीन अवस्था परे उद्धारका लागि हेलिकप्टरसमेतको व्यवस्थाले यी सबै क्षेत्रको यात्रालाई सुरक्षित बनाएको चन्दनबारीका होटल व्यावसायी सुब्बा लामा बताए।

बढ्दो पर्यटक, बढ्दो जिम्मेवारी
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यी क्षेत्रहरूमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सात हजार ६८४ विदेशी पर्यटकको आगमन भइसकेको छ । आन्तरिकतर्फ  भने ३६ हजारभन्दा बढी पर्यटकले घुमेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताए । पर्यटकको आगमनका कारण राजस्वमा  उल्लेखनीइ योगदान पुगेको छ । तर सङ्ख्या बढ्दै जाँदा चुनौती पनि बढेका छन् ।

वन्यजन्तु संरक्षण, फोहर व्यवस्थापन, र प्राकृतिक सन्तुलन जोगाउने जिम्मेवारी अब सबैको साझा भएको छ । “तोकिएको ठाउँमा मात्र फोहर फालौँ, वनस्पति नकाटौँ”, निकुञ्ज प्रशासनको आग्रह छ ।

अझै बाँकी छन् अधुरा काम
पर्यटनको सम्भावना विशाल भए पनि पूर्वाधार निर्माणको काम बाँकी छ । नयाँ क्षेत्र नौकुण्ड, उत्तरगया, घलेगढीजस्ता स्थान पर्यटन क्षेत्रको नक्सामा सूचीकृत हुन बाँकी छन् । धुञ्चेस्थित नेपालको पहिलो तामाङ सङ्ग्रहालय भूकम्पपछि पुनःस्थापनाको प्रतीक्षामा छ । कुनै सरकारी सहयोग नमिल्दा सङ्ग्रहालय अझै बन्न नसकेको स्थानीय नागरिक समाजले जनाएको छ ।

राज्यबाट पुनर्निर्माणको कार्यसमेत अगाडि नबढेको स्थानीय बासिन्दा बताउँछन् । पदयात्रा मार्ग सुधार विश्रामस्थल निर्माण र फोहर व्यवस्थापनमा प्रयास भइरहे पनि पर्याप्त हुन सकेको स्थानीयको भनाइ छ । 

सजिलो यात्रा, छोटो दूरी 
पहिले बेत्रावतीबाट सुरु हुने लामो पैदलयात्रा अहिले सडकमार्गले छोटिएको छ । काठमाडौँबाट धुञ्चेसम्म सीधा यातायात सञ्चालन भएसँगै पर्यटकलाई सहज भएको छ ।  तर होटल व्यवसायी सङ्घका अध्यक्ष विशाल घलेका अनुसार उच्च हिमाली क्षेत्रको भ्रमणका लागि कम्तीमा एक रात धुञ्चेमा बस्नैपर्दछ । रसुवाको यात्रामा हिमाली वातावरण मिलाइ लेक लाग्ने समस्या न्यूनीकरण गर्न काठमाडौँबाट रसुवा प्रवेश गरेका यात्रुले एक रात धुञ्चेमा बस्न उपयुक्त हुनेसमेत होटल व्यवसायी सङ्घका अध्यक्ष घलेले जानकारी दिए ।

गोसाइँकुण्डको यात्रालाई थप रोमञ्चकारी बनाइ अगाडि बढ्न धुञ्चे युवा समूहको पहलमा धुञ्चेबाट पूर्व पर्ने त्रिशूली नदी घट्टेखोला क्षेत्रमा १०८ धारासहितको गोसाईंकुण्ड द्वारधाम निर्माणको काम धमाधम अगाडि बढिरहेको छ । यसले आगामी दिनमा यात्रा थप रोमञ्चकारी बनाउने विश्वास लिइएको छ ।

जैविक विविधताको खानी
छयालीस प्रजातिका स्तनधारी, ३८० प्रजातिका चराचुरुङ्गी, रेडपाण्डाजस्ता दुर्लभ जनावर यी सबैले रसुवालाई प्राकृतिक प्रयोगशालाका रुपमा चिनाएको छ ।   तर यी सम्पदालाई नजिकबाट अनुभव गर्ने संरचनाको  विकास भने हुन बाँकी छ ।
सम्भावनाको उज्यालो बाटो

रसुवाको हिमाली पर्यटन अहिले सम्भावनाको शिखरमा रहेको अवस्था छ । पर्यटन व्यवसाय विगतको सङ्घर्ष, वर्तमानको विस्तार र भविष्यको आशा, यी सबै मिलेर प्रगति पथमा लम्किँदै गरेको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार प्रकृति, संस्कृति र साहसको सङ्गम भएको रसुवा अब केवल गन्तव्य मात्र होइन, अनुभव बन्ने बाटोमा अघि बढेको छ । पूर्वाधार, संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिन सकियो भने, काठमाडौँबाट नजिकै रहेको हिमाली जिल्ला रसुवा  नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रुपमा स्थापित हुने उनको भनाइ छ । 
 


प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास आइतबार, जेठ १०, २०८३
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान आइतबार, जेठ १०, २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’ शनिबार, जेठ ९, २०८३
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे शुक्रबार, जेठ ८, २०८३
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक बिहीबार, जेठ ७, २०८३
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP