Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ४, २०८२

गण्डकी- पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित महेन्द्र, चमेरे, गुप्तेश्वर महादेवलगायत गुफाहरूले पर्यटकीय आकर्षण बढाएका छन् । 

विभिन्न रहस्यात्मक गुफाका कारण पोखरा आउने पर्यटकको बसाइँसमेत लम्ब्याइरहेको अवस्थामा पोखरा महानगरपालिका-३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई अर्को नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यतिखेर यहाँका स्थानीयवासी सक्रिय बनेका छन् ।

करिब डेढ किलोमिटर लामो अनुमान गरिएको उक्त गुफा तिक्लाङ खेलमैदानको बीचबाट सेती नदीको तिरस्थित चुनेपहरोसम्म रहेको स्थानीयवासी बताउँछन् ।  स्थानीयहरू यस गुफाका सम्बन्धमा धेरै पहिलादेखि जानकार भए पनि यसको पर्यटकीय उपयोगप्रतिको चासो भने विस्तारै विकसित भएको चुने पहरा सुन गुफा संरक्षण समितिका अध्यक्ष सङ्गीत बानियाँले बताए । गुफाको संरक्षण र विकाससँगै यसको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले चासो दिएका उनले जानकारी दिए ।

स्व अधिकारीका साथै उनीपछि यहाँका प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, तत्कालीन वडाध्यक्ष शिवप्रसाद आचार्य हुँदै वर्तमान वडाध्यक्ष रामचन्द्र अधिकारीले यस गुफाको प्रवर्द्धन र विकासका लागि सहयोग गर्दै आएकाे अध्यक्ष बानियाँले उल्लेख गरे ।  पछिल्ला वर्षमा यसको पूर्वाधार विकासतर्फ पनि राज्यको चासो बढिरहेको बताउँदै उनले हालसम्म सङ्घीय र स्थानीय बजेट गरी करिब  ५० लाख रुपैयाँ बराबरको पूर्वाधार विकासका क्षेत्रमा काम भइसकेको बजानकारी दिए ।  गुफाको संरक्षण, प्रवर्द्धन र विकासका लागि विसं २०७६ मा कार्यालय भवन निर्माण गरिसकिएको जनाउँदै अध्यक्ष बानियाँले गुफाको प्रवेशद्वारसहित परिसरको व्यवस्थापन, सिँढी बाटो निर्माणलगायत कामहरू सम्पन्न भइसकेका उल्लेख गरे । 

Hardik health

गुफासमेत समेटिएको करिब ३० रोपनी क्षेत्रफल जग्गा रहेको बताउँदै उनले यसको पर्यटकीय उपयोग गर्ने सोच राखिएको जानकारी दिए । उनका अनुसार रहस्यात्मक गुफाभित्र प्राकृतिक रूपमा बनेका विभिन्न आकृतिसँगै ठूलो सङ्ख्यामा रहेका चमेरा अवलोकन गर्न सकिन्छ । 

पूर्वाधार विकासलाई प्राथमिकतामा राखी काम भइरहेको बताउँदै अध्यक्ष बानियाँले गुफा प्रवेशका लागि बिजुलीबत्तीको व्यवस्थापनसहित शौचालयलगायत पूर्वाधार निर्माण सम्पन्न गर्दै पर्यटकका लागि औपचारिक रूपमा खुला गर्ने सोच बनाइएको जानकारी दिए । गुफासहित यस परिसर प्राचीनकालदेखि धार्मिक रूपमा महत्वपूर्णस्थल रहेको उनको भनाइ छ ।

पृथ्वीराजमार्गअन्तर्गत पोखरा महानगरपालिका-३० पावरहाउसबाट करिब १० मिनेटको हिँडाइमा पुग्न सकिने यो गुफा पोखराको मुख्य बजारबाट सार्वजनिक यातायातबाट सहज रूपमा आउनजान सकिन्छ । गुफाभन्दा माथि रहेको तिक्लाङ चोकसम्म पोखरा महानगरका सार्वजनिक बसहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।

पछिल्ला समयमा कृषि पर्यटनको आकर्षक केन्द्रसमेत भएको तिक्लाङसहित समग्र बागमारा क्षेत्र दूधको सहरका रूपमा पनि प्रसिद्ध छ । गुफा अवलोकन गर्न आउने पोखरा र आसपासका आन्तरिक पर्यटकले यस क्षेत्रमा उत्पादित दूध तरकारी आदि कोसेलीका रूपमा लैजान सक्छन् ।

पोखराको दोभिल्ला हुँदै पुडिटारसम्म विश्व बैंकको सहयोगमा बनेको फराकिलो सडकका कारण पनि यहाँको मुहार फेरिएको स्थानीय बताउँछन् । गुफासहित यस क्षेत्रको पर्यटकीय विकासलाई वडाले प्राथमिकतामा राखेको पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए ।

“हामीले यस क्षेत्रका हरेक सम्भावनालाई उजागर गर्न खोजेका छौँ”, उनले भने, “सुन गुफाको प्रवर्द्धनसँगै यहाँका कृषि पर्यटनका हरेक सम्भावनालाई पनि सँगसँगै लैजाने हाम्रो लक्ष्य छ ।” सुन गुफा धेरै पर्यटकीय सम्भावना भएको गन्तव्यका रूपमा रहेको बताउने युवा पदम थापाले यसको पर्यटकीय उपयोगमा सबैको चासो पुग्नुपर्नेमा जोड दिए  । यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार हुनसकेमा आन्तरिक पर्यटनको विकाससँगै पोखरा आउने विदेशी पर्यटकको बसाइँ लम्ब्याउन पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

“गुफा अवलोकनका लागि पर्यटकको आगमन बढाउन सकेमा त्यसले यहाँका स्थानीयको रोजगारी अभिवृद्धिमा पनि महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ”, उनले भने, “बढ्दो पर्यटकको आगमनले यहाँका उत्पादनको बजारीकरणमा पनि सहयोग पुग्ने भएकाले अर्थतन्त्र चलायमान बनाउनसमेत गुफाको पर्यटकीय उपयोग आवश्यक छ ।”
 


प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास आइतबार, जेठ १०, २०८३
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान आइतबार, जेठ १०, २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’ शनिबार, जेठ ९, २०८३
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे शुक्रबार, जेठ ८, २०८३
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक बिहीबार, जेठ ७, २०८३
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP