Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २, २०८२

एपी- थाइल्यान्डमा आयोजित अनौठो ‘डेथ फेस्ट’ नामक कार्यक्रमले मानिसहरूलाई जीवनको अन्तिम सत्य अर्थात् मृत्युबारे खुलेर सोच्न र स्वीकार गर्न प्रेरित गरिरहेको छ । बैङ्कक नजिकैको नोन्थाबुरी प्रान्तमा आयोजित तीनदिने कार्यक्रममा सहभागीहरूले मृत्युको सामना गर्ने मानसिक तयारीसँगै त्यसका व्यावहारिक पक्षबारे जानकारी पाउने अवसर पाएका छन् ।

दोस्रो वर्षमा प्रवेश गरेको यो कार्यक्रमले धेरैलाई असहज लाग्ने विषयलाई सार्वजनिक छलफलको केन्द्रमा ल्याएको छ । थाइल्यान्डको सामाजिक र धार्मिक परम्परामा बौद्ध धर्मको गहिरो प्रभाव रहेको छ, जहाँ जन्म, बुढ्यौली, रोग र मृत्यु जीवनका अनिवार्य दुःखका रूपमा व्याख्या गरिन्छ । यही दर्शनलाई आधार बनाएर कार्यक्रमले मृत्युको तयारी मात्र नभई, जीवनको अन्तिम समयसम्म राम्रो जीवनयापन कसरी गर्ने भन्ने विषयमा पनि ध्यान केन्द्रित गरेको छ ।

कार्यक्रममा सहभागी साङ्दुआन न्गाम्भिनिजरुन आफ्नी आमासँग मेलामा पुगेका थिए । उनले आफ्नो परिवारमा मृत्युबारे कुरा गर्न पहिले निकै गाह्रो हुने बताए । तर २० वर्षभन्दा बढी समय बिरामी आफन्तहरूको हेरचाह गर्दै बिताएपछि उनले धेरैको मृत्यु प्रत्यक्ष देख्नुभएको र अहिले यसबारे खुलेर कुरा गर्न सक्ने अवस्थामा पुगेका बताए ।

उनका अनुसार कार्यक्रमको उद्देश्य केवल ‘राम्रोसँग मर्ने तरिका’ सिकाउनु मात्र नभई, मानिसले बाँचुन्जेल आफ्नो जीवनको गुणस्तर कसरी राम्रो बनाउने भन्ने विषयमा सोच्न प्रेरित गर्नु पनि हो । कार्यक्रममा स्वास्थ्य सेवा, वित्तीय योजना, राहतमुखी हेरचाह, अन्त्येष्टि सेवा र स्मारक व्यवस्थापनसँग सम्बन्धित विभिन्न क्षेत्रका विज्ञ तथा संस्थाहरू सहभागी भएका थिए ।

Hardik health

यहाँ आयोजित वार्ता र गतिविधिहरूले मृत्युको तयारी मात्र नभई, जीवनको अन्तिम दिनसम्म सम्मानजनक र अर्थपूर्ण जीवन कसरी जिउने भन्ने विषयमा केन्द्रित चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख आयोजक तथा द क्लाउड म्यागजिनका प्रधान सम्पादक ज्कोङक्लोद बङ्गीखानका अनुसार मृत्यु व्यक्तिगत घटना मात्र नभई परिवार र समाजसँग जोडिएको विषय हो । उनले मानिसहरूले आफ्नो मृत्युबारे मात्र सोच्नुको सट्टा आफू पछि रहने परिवार र प्रियजनहरूको जीवनलाई कसरी सहज बनाउने भन्नेबारे पनि विचार गर्नुपर्ने बताए ।

मेलामा सबैभन्दा आकर्षक प्रदर्शनीमध्ये ‘टेस्ट डाइ’ नामक अनुभवात्मक गतिविधि रहेको थियो । यसमा आगन्तुकहरूले विभिन्न आकार र शैलीका कफिनभित्र सुत्दै माथि राखिएको ऐनामा आफ्नो प्रतिबिम्ब हेर्ने अवसर पाउँथे । आयोजकहरूका अनुसार यो अनुभव डर सिर्जना गर्नेभन्दा पनि जीवन र मृत्युबारे आत्मचिन्तन गराउने उद्देश्यले तयार गरिएको हो । कार्यक्रममा सहभागी कार्यालय कर्मचारी फिनुट्टा सिहादले कफिनभित्र सुत्ने अनुभव शान्त र सोचनीय लागेको बताए । उनले आफू मृत्युबाट खासै डराउने व्यक्ति नभएको र जीवनको अन्तिम क्षण आए पनि त्यो अत्यन्त भयावह नहुने अनुभूति भएको बताए ।

कार्यक्रममा वातावरणमैत्री अन्त्येष्टि प्रविधिहरू पनि प्रस्तुत गरिएका थिए । एउटा कम्पनीले माइसेलियम अर्थात् ढुसीका जरा जस्तै फाइबरबाट बनाइने बायोडिग्रेडेबल कफिन प्रदर्शन गरेको थियो, जसले दफन प्रक्रियालाई प्राकृतिक रूपमा विघटन हुन सहयोग गर्छ । कम्पनीकी संस्थापक जिरावन कुमसाओका अनुसार यस्तो डिजाइनले वातावरणमैत्री अन्त्येष्टि संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

यद्यपि उनको कम्पनीले मुख्यतः घरपालुवा जनावरहरूका लागि कफिन उत्पादन गर्ने गरेको छ । उहाँले मानिसहरूले आफ्ना घरपालुवा जनावरहरूको अन्तिम क्षणसम्म राम्रो हेरचाह गरेको अनुभूति गर्दा सान्त्वना पाउने बताए । उनका अनुसार कफिनको डिजाइन अन्तरिक्ष यान वा क्याप्सुलजस्तो देखिने गरी बनाइएको छ, जसले प्रिय जनावरलाई अर्को संसारतर्फ पठाउने प्रतीकात्मक भाव दिन्छ ।

कार्यक्रममा डिजिटल स्मारक सेवाहरू पनि प्रस्तुत गरिएका थिए । अनलाइन मेमोरियल प्लेटफर्म ‘सेयरसोल्स’ का संस्थापक नोप्पासवार्ड पान्याजारेका अनुसार उनले सेवाले मानिसहरूलाई फोटो सुरक्षित राख्न र आफ्ना प्रियजनहरूको सम्झना तथा कथाहरू साझा गर्न डिजिटल स्थान उपलब्ध गराउँछ । उनका अनुसार प्रारम्भिक रूपमा यो प्लेटफर्म परिवारका सदस्यहरूको सम्झना सुरक्षित राख्ने उद्देश्यले सुरु गरिएको थियो । तर प्रयोगकर्ताहरूले आफ्ना घरपालुवा जनावरहरूको स्मृतिमा पनि स्मारक पृष्ठ बनाउन थालेपछि उनी आश्चर्यचकित भएकाे बताए ।

उनका अनुसार धेरै मानिसहरूले आफ्ना घरपालुवा जनावरबारे कथा र सम्झना सुरक्षित राख्न कुनै उपयुक्त स्थान नपाएको भन्दै प्लेटफर्मप्रति आभार व्यक्त गरेका छन् । उनले हरेक घरपालुवा जनावर आफ्नो मालिकका लागि परिवारका सदस्यजत्तिकै महत्त्वपूर्ण हुने भएकाले त्यस्ता सम्झनाहरू सुरक्षित राख्ने ठाउँको आवश्यकता बढ्दै गएको बताए ।
 


प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP