Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्प-सी भेटअघि व्यापार वार्ता
ट्रम्प-सी भेटअघि व्यापार वार्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २, २०८२

एपी- अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन गर्ने प्रयासस्वरूप दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरूले आइतबार फ्रान्सको राजधानी पेरिसमा आर्थिक तथा व्यापार वार्ता सुरु गरेका छन् । आर्थिक तथा व्यापार वार्ता आइतबार बिहान पेरिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ  आमनेसामने भएको हुन् ।

आगामी दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा गर्ने सम्भावित शिखर भेटअघि यो वार्तालाई महत्त्वपूर्ण तयारीका रूपमा हेरिएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल आइतबार बिहान पेरिसमा आमनेसामने भएका हुन् । ह्वाइट हाउसले ट्रम्पले मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम रहेको जनाएको छ, तर बेइजिङले यसबारे औपचारिक पुष्टि भने अझै गरेको छैन ।

बेसेन्टले बिहीबार सार्वजनिक रूपमा आफ्नो टोलीले अमेरिकी किसान, मजदुर र व्यवसायीहरूको हितलाई प्राथमिकतामा राखेर परिणाममुखी वार्ता अघि बढाउने बताएका थिए । अमेरिकी अर्थ मन्त्रालयका अनुसार उनले हे लिफेङसँग आइतबार र सोमबार औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा दुवै पक्षले ‘आपसी चासोका व्यापारिक तथा आर्थिक मुद्दाहरू’ माथि गम्भीर छलफल गर्ने तयारी गरिएको जनाएको छ । पछिल्ला वर्षहरूमा दुवै मुलुकबीच भन्सार शुल्क, आपूर्ति शृङ्खला र व्यापार सन्तुलनका विषयमा बारम्बार तनाव देखिँदै आएको छ ।

यदि ट्रम्पको प्रस्तावित भ्रमण सम्पन्न भयो भने सन् २०१७ मा आफ्नो पहिलो कार्यकालका क्रममा चीन भ्रमण गरेपछि कुनै पनि अमेरिकी राष्ट्रपतिले गर्ने यो पहिलो चीन यात्रा हुनेछ । पाँच महिनाअघि दक्षिण कोरियाको बुसान सहरमा भएको भेटमा ट्रम्प र सीले बढ्दो व्यापार युद्धलाई रोक्न एक वर्षे अस्थायी युद्धविराममा सहमति जनाएका थिए । त्यसअघि दुवै देशले एकअर्काविरुद्ध क्रमशः उच्च दरका भन्सार शुल्क लगाउँदै आएका थिए ।

Hardik health

यद्यपि व्यापारिक तनाव अझै पूर्ण रूपमा समाप्त भएको छैन । चीनको वाणिज्य मन्त्रालयले ट्रम्प प्रशासनले चीनसहित १६ व्यापारिक साझेदारमाथि सुरु गरेको नयाँ व्यापार अनुसन्धानको कडा विरोध गरेको छ । अमेरिकी सर्वोच्च अदालतले गत वर्ष लगाइएका व्यापक विश्वव्यापी भन्सार शुल्कहरू खारेज गरेपछि नयाँ अनुसन्धानले फेरि अतिरिक्त भन्सार शुल्क लगाउने सम्भावनाको ढोका खोल्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यसका साथै अमेरिकाले चीनसहित विभिन्न देशबाट आउने सामानमा जबरजस्ती श्रम प्रयोग भएको आशङ्कामा छुट्टै अनुसन्धान पनि अघि बढाएको छ । चीनले भने यसबारे आफ्नो असन्तुष्टि वासिङ्टनसमक्ष औपचारिक रूपमा राखिसकेको जनाएको छ । वाणिज्य मन्त्रालयले जारी गरेको वक्तव्यमा यस्तो कदमले ‘विश्वव्यापी आपूर्ति शृङ्खलाको सुरक्षा र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउने’ चेतावनी दिइएको छ ।

पेरिस वार्तामा प्रत्यक्ष रूपमा व्यापारका मुद्दा केन्द्रमा रहने भए पनि मध्यपूर्वमा चर्किएको द्वन्द्व पनि छलफलको विषय बन्न सक्ने विश्लेषकहरूको भनाइ छ । इरानसँगको युद्धका कारण तेलको मूल्य र आपूर्तिमा बढ्दो अनिश्चितता देखिएकाले त्यसको असर विश्व अर्थतन्त्रमा पर्ने चिन्ता बढेको छ । ट्रम्पले शनिबार चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलगायत देशहरूले स्ट्रेट अफ होर्मुज ‘खुला र सुरक्षित’ राख्न युद्धपोत पठाउने अपेक्षा गरिएको बताएका थिए ।

पेरिसमा सुरु भएको वार्तालाई ट्रम्प-सी शिखर सम्मेलनअघि सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय भेटका रूपमा पनि हेरिएको छ । फ्रान्सेली बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री तथा सेन्ट्रल युरोपियन इन्स्टिच्युट अफ एसियन स्टडिजका अनुसन्धानकर्ता ग्यारी एनगका अनुसार अहिलेको मुख्य प्रश्न चीन र अमेरिकाले सहमत भएका विषयहरूमा स्थिर रहन सक्छन् कि सक्दैनन् भन्ने हो । उनका अनुसार इरानसँगको युद्ध नयाँ कारकका रूपमा देखा परे पनि बेइजिङलाई अमेरिकी नीतिमा हुने बारम्बार परिवर्तनले अझ बढी चिन्तित बनाइरहेको छ । यस्तो अवस्थाले दीर्घकालीन व्यापारिक सहकार्यलाई जटिल बनाउन सक्ने उनको विश्लेषण छ ।

गत साता चिनियाँ विदेशमन्त्री वाङ यीले सन् २०२६ लाई चीन-अमेरिका सम्बन्धका लागि ‘महत्त्वपूर्ण वर्ष’ हुने बताएका  थिए । उनले ट्रम्पको सम्भावित राज्य भ्रमणबारे स्पष्ट पुष्टि नगरे पनि उच्चस्तरीय आदानप्रदानका कार्यक्रमहरू पहिले नै छलफलको चरणमा रहेको सङ्केत दिएका थिए । बेसेन्ट र हे लिफेङले भने गत वर्षदेखि निरन्तर रूपमा व्यापार वार्ताको नेतृत्व गर्दै आएका  छन् । उहाँहरूबीच जेनेभा, लन्डन, स्टकहोम, म्याड्रिड तथा मलेसियाको क्वालालम्पुरमा समेत बैठक भइसकेको छ । पेरिसको यो नयाँ चरणले आगामी शिखर भेटको वातावरण तयार पार्ने अपेक्षा गरिएको छ ।
 


प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP