Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण
अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १, २०८२

एएफपी- पाकिस्तानले आइतबार दक्षिणी अफगानिस्तानका केही सैन्य संरचना र आफूले ‘आतङ्कवादी लुकेका स्थान’ भनेका क्षेत्रहरूमा हवाई आक्रमण गरेको जनाएको छ । दुई देशबीच बढ्दो तनावको बीचमा पाकिस्तानले उक्त कारबाही गरेको हो ।

सुरक्षा स्रोतका अनुसार अफगानिस्तानको कान्दाहारमा तालिबान प्रशासनका सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको घर नजिकैको प्राविधिक सहयोग र उपकरण भण्डारण स्थललाई पाकिस्तानी सेनाले लक्षित गरी नष्ट गरेको बताइएको छ । स्रोतहरूले उक्त स्थललाई सैन्य गतिविधिसँग सम्बन्धित पूर्वाधार भएको उल्लेख गरेका छन् । पाकिस्तानी पक्षले अर्को आक्रमण कान्दाहारमा रहेको एउटा सुरुङमा केन्द्रित रहेको दाबी गरेको छ । उक्त सुरुङ अफगान तालिबान र पाकिस्तानविरुद्ध सक्रिय लडाकू समूहले प्रयोग गर्ने गरेको आरोप पाकिस्तानले लगाएको छ ।

कान्दाहारका स्थानीय बासिन्दाहरूले आक्रमणका क्रममा आकाशमा लडाकू विमान उडिरहेको देखिएको र राति विस्फोटको आवाज सुनेको बताएका छन् । एक स्थानीयले भने, “सैन्य विमानहरू पहाडमाथि उडे, त्यसपछि विस्फोट भयो र आगो बलिरहेको देखियो ।” कान्दाहारको दक्षिणपूर्वमा पर्ने स्पिन बोल्डक क्षेत्रमा पनि हवाई आक्रमणको आवाज सुनिएको बासिन्दाहरूले बताएका छन् । त्यस्तै पूर्वी सीमावर्ती प्रान्त खोस्तमा शनिबार राति झडप भएको अधिकारीहरूले बताए ।

Hardik health

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार उक्त आक्रमणले कान्दाहारस्थित लागुऔषध पुनस्र्थापना केन्द्र र खाली कन्टेनरहरूमा केही क्षति पु¥याएको छ । उनले भने, “पाकिस्तानले लक्षित गरेको स्थलहरू यी दुई ठाउँबाट धेरै टाढा छन् ।”
यसअघि पाकिस्तानले अफगानिस्तानबाट गरिएको भनिएको मानवविहीन विमान आक्रमणलाई विफल पारेको दाबी गरेको थियो । उक्त आक्रमण शुक्रबार राति रोकिएको बताइएको छ । अधिकारीहरूका अनुसार राजधानी इस्लामाबाद नजिकै रावलपिन्डीमा रहेको पाकिस्तानी सैन्य मुख्यालयसहित कम्तीमा तीन स्थानलाई लक्षित गरी आक्रमण प्रयास गरिएको थियो ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको कार्यालयले अफगान तालिबानले सर्वसाधारणलाई लक्षित गरेर ‘रेड लाइन पार गरेको’ आरोप लगाउँदै त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ । पाकिस्तानमा भएका आक्रमणपछि इस्लामवादी चरमपन्थी समूहहरूलाई लक्षित गर्दै गत महिनादेखि पाकिस्तानले अफगानिस्तानविरुद्ध सैन्य कारबाही सुरु गरेको हो । तर तालिबान सरकारले भने अफगान भूमिबाट कुनै आतङ्कवादी गतिविधि सञ्चालन भएको वा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ ।

पाकिस्तानले भने आफ्नो कारबाही सर्वसाधारणलाई लक्षित नगरेको दाबी गरेको छ ।हालका हप्ताहरूमा सीमा क्षेत्रमा बारम्बार झडपहरू भइरहेका छन् । यसले व्यापारमा अवरोध सिर्जना गरेको छ र नजिकका बासिन्दाहरूलाई आफ्नो घर छोड्न बाध्य बनाएको छ । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसनले सार्वजनिक गरेको विवरणअनुसार फेब्रुअरी २६ यता भएका झडपहरूमा कम्तीमा ७५ जना सर्वसाधारणको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन् ।
 


प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP