काठमाडाैं - नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सांसदको नामावली टुंगो लगाएको छ । आइतबार बसेको कार्यसम्पादन समिति बैठकले २० समानुपातिक सांसदको नामावली टुंगो लगाएको हो ।
नामावली आजै निर्वाचन आयोगमा बुझाउने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले आयोगले नै समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने बताए ।
पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर नाम पठाउने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।