काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट बैठकमा जोडिएका छन् ।
आजको बैठकले समानुपातिकतर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने बताइएको छ ।