Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २७, २०८२

एएफपी- मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताए । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यस्तो जानकारी दिएका  हुन्।

फेब्रुअरी २८ मा अमेरिका-इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने यस वर्षको पुरुष फुटबल विश्वकपमा इरानको सहभागिता अनिश्चित हुने चर्चा चलिरहेको छ । तर प्रतियोगिताको तयारीबारे भएको बैठकमा इरानको अवस्थाबारे पनि छलफल भएको फिफा अध्यक्ष इन्फान्टिनोले बताए । इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै बैठकका क्रममा ट्रम्पले इरानी टोलीलाई अमेरिकामा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न स्वागत गरिएको कुरा दोहोर्‍याएकाे  उल्लेख गरे ।

डिसेम्बरमा फिफाले स्थापना गरेको ‘फिफा शान्ति पुरस्कार’ ट्रम्पलाई प्रदान गरेका इन्फान्टिनोले यस टिप्पणीमार्फत पहिलो पटक मध्यपूर्वमा भइरहेको युद्धको सन्दर्भमा विश्वकपमा इरानको सहभागिताबारे सार्वजनिक रूपमा चर्चा गरेका हुन् । यद्यपि ट्रम्पको पछिल्लो टिप्पणी गत हप्ता पोलिटिकोसँग गरेको अभिव्यक्तिसँग भने फरक देखिएको छ । पोलिटिकोलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरान विश्वकपमा खेल्छ कि खेल्दैन भन्ने विषय आफूलाई खासै महत्त्वपूर्ण नभएको बताएका  थिए ।

Hardik health

ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि इन्फान्टिनो र उनीबीचको सम्बन्ध अझ नजिक भएको बताइन्छ । इन्फान्टिनो ट्रम्पको उद्घाटन समारोहमा समेत सहभागीता  थियो । यसैबीच इरानको फुटबल महासङ्घले भने आफ्नो राष्ट्रिय टोलीको विश्वकप सहभागिताबारे शङ्का व्यक्त गरेको छ । इरानका फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले मङ्गलबार राज्य टेलिभिजनसँग कुरा गर्दै वर्तमान परिस्थितिमा टोलीलाई प्रतियोगितामा पठाउने विषय कठिन हुन सक्ने सङ्केत दिए । उनले प्रश्न उठाउँदै भने, “यदि विश्वकपको अवस्था यस्तो नै रह्यो भने सही सोच भएको कसैले आफ्नो राष्ट्रिय टोलीलाई त्यहाँ कसरी पठाउन सक्छ ?”

विश्वकप प्रतियोगिता तीन देशमा आयोजना हुने भए पनि इरानले समूह चरणका सबै तीन खेल संयुक्त राज्य अमेरिकामै खेल्ने तालिका छ । तीमध्ये दुई खेल लस एन्जलसमा र एउटा सियाटलमा हुने तय गरिएको छ । यदि इरानले प्रतियोगिताबाट नाम फिर्ता लिएमा सन् १९५० मा ब्राजिलमा भएको विश्वकप फाइनलबाट फ्रान्स र भारतले नाम फिर्ता लिएपछि यस्तो घटना पहिलो पटक हुनेछ । यता अस्ट्रेलियामा जारी महिला एसियाली कपका क्रममा पनि इरानी टोलीसँग सम्बन्धित विवाद उत्पन्न भएको छ । मङ्गलबार प्रतियोगितामा सहभागी इरानी महिला फुटबल टोलीका केही खेलाडीहरूले शरण मागेका छन् ।

एक खेलअघि राष्ट्रिय गान नगाएको भन्दै राज्य टेलिभिजनबाट आलोचना भएपछि टोलीका केही सदस्यहरूले अस्ट्रेलियामा बस्ने प्रयास गरेका थिए । कप्तान जह्रा घनबारीसहित पाँच खेलाडी रातको समयमा टोली बसेको होटलबाट निस्केर अस्ट्रेलियाली अधिकारीहरूसमक्ष शरण माग्न पुगेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार टोलीका कम्तीमा दुई सदस्यले भोलिपल्ट बसोबासका लागि आवेदन दिएका थिए । तर अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बुधबार तीमध्ये एक खेलाडीले पछि आफ्नो निर्णय परिवर्तन गरेको जानकारी दिए ।

बर्कले संसद्मा दिएको जानकारी अनुसार ती खेलाडीलाई टोलीका साथीहरूले कुरा गरेर आफ्नो निर्णय पुनः विचार गर्न आग्रह गरेका थिए । त्यसपछि उनलाई इरानी दूतावाससँग सम्पर्क गर्न पनि प्रोत्साहित गरिएको थियो । उनका अनुसार त्यसपछि इरानी दूतावासलाई खेलाडीहरू कहाँ छन् भन्ने स्थानको जानकारी पुगेको थियो । बाँकी खेलाडीहरूलाई भने सुरक्षा कारणले सुरक्षित घरबाट अर्को स्थानमा सारिएको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP