Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २६, २०८२

एएफपी- घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ । आधिकारिक तथ्यांकअनुसार सन् २०२६ को पहिलो दुई महिनामा चीनको कुल व्यापार करिब २० प्रतिशतले बढेको देखिएको हाे । 

यद्यपि अमेरिकातर्फको निर्यात घटे पनि अन्य प्रमुख बजारमा भएको वृद्धिले त्यसको भरपाइ गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको भन्सारको सामान्य प्रशासनको तथ्यांकले जनवरी-फेब्रुअरी अवधिमा चीनको निर्यात २१.८ प्रतिशतले बढेको देखाएको छ । यो वृद्धि अर्थशास्त्रीहरूले गरेको ७.२ प्रतिशतको पूर्वानुमानभन्दा निकै माथि छ ।

घरेलु उपभोक्ता गतिविधि सुस्त हुँदै गएको अवस्थामा निर्यातमा आएको यो वृद्धि विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि महत्त्वपूर्ण सहारा बनेको छ । यसले गत वर्ष हासिल गरिएको चीनको रेकर्ड व्यापार अधिशेषलाई थप विस्तार गरेको छ । पहिलो दुई महिनाको व्यापार तथ्यांक सामान्यतया चन्द्र नयाँ वर्षको बिदाका कारण हुने उतारचढावलाई समेटेर संयुक्त रूपमा सार्वजनिक गरिन्छ । यस पटकको तथ्यांकले मध्यपूर्वमा युद्ध सुरु हुनुअघि नै चीनको अर्थतन्त्रले सन् २०२६ को सुरुआत बलियो ढङ्गले गरेको संकेत दिएको छ ।

क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री जिचुन हुआङका अनुसार हालै अमेरिकी भन्सार शुल्कमा आएको कमी र सेमिकन्डक्टरप्रतिको उच्च मागका कारण चीनको निर्यात अझै केही समय बलियो रहन सक्ने सम्भावना छ । यद्यपि चीनको बढ्दो व्यापार अधिशेषलाई लिएर उसका प्रमुख व्यापारिक साझेदारहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । चिनियाँ उत्पादनले स्थानीय उद्योगहरूमा प्रतिस्पर्धात्मक दबाब बढाइरहेकाले उनीहरूले बेइजिङलाई आफ्नो व्यापार असन्तुलन घटाउन दबाब दिइरहेका छन् ।

Hardik health

भन्सार तथ्यांकले दुई महिनाको अवधिमा चीनबाट अटोमोबाइल, कपडा तथा घरेलु उपकरणजस्ता उत्पादनहरूको निर्यात उल्लेखनीय रूपमा बढेको देखाएको छ । यो तथ्यांक चीनका शीर्ष नेताहरू वार्षिक राजनीतिक बैठक ‘दुई सत्र’ मा सहभागी भइरहेका समयमा सार्वजनिक भएको हो । गत हप्ता सरकारले दशकौँयताकै सबैभन्दा न्यून आर्थिक वृद्धिदर लक्ष्य घोषणा गरेको थियो ।

चीनको अर्थतन्त्रका प्रमुख चुनौतीहरूमध्ये घरेलु खर्चमा लामो समयदेखि देखिएको मन्दी पनि एक हो । महामारी समाप्त भएपछि पनि उपभोक्ता खर्च अपेक्षाअनुसार पुनः उकासिन सकेको छैन । तर आयाततर्फ भने केही सुधार देखिएको छ । पछिल्लो तथ्यांकअनुसार जनवरी-फेब्रुअरीमा चीनको आयात १९.८ प्रतिशतले बढेको छ । यो ब्लुमबर्ग सर्वेक्षणले अनुमान गरेको सात प्रतिशतभन्दा निकै माथि हो ।

यससँगै गत महिना उपभोक्ता मूल्य तीन वर्षयताकै तीव्र गतिमा बढेको तथ्यांक पनि सार्वजनिक भएको थियो । अर्कोतर्फ अमेरिकातर्फको चिनियाँ निर्यात भने ११ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर अभियानलाई तीव्र बनाएपछि यस्तो गिरावट देखिएको हो । गत वर्ष बेइजिङ र वासिङ्टनबीच व्यापार युद्ध चर्किएको थियो, जसका क्रममा केही सामानमा तीन अंकसम्मका पारस्परिक करहरू लगाइएका थिए । यद्यपि यसै महिनाको अन्त्यतिर ट्रम्प चीन भ्रमणमा जाने तयारीमा रहेका कारण दुई देशबीचको तनाव केही कम हुने आशा गरिएको छ ।

तथ्यांकअनुसार जनवरी-फेब्रुअरी अवधिमा अमेरिकातर्फ चीनको निर्यात ६७ अर्ब २४ करोड डलर पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा यो ७५ अर्ब ५६ करोड डलर थियो । त्यसै अवधिमा युरोपेली सङ्घ (इयु) तर्फ निर्यात २७.८ प्रतिशतले बढेको छ भने आसियान राष्ट्रहरूतर्फ २९.२ प्रतिशतले वृद्धि भएको छ । मध्यपूर्वको विकसित परिस्थितिले चीनको ऊर्जा आयातमा पनि प्रभाव पार्ने संकेत देखिएको छ । अर्थशास्त्री हुआङका अनुसार त्यहाँको द्वन्द्वले चीनको तेल आयात खर्च बढाउने सम्भावना छ, यद्यपि आयातको परिमाणमा ठूलो असर नपर्न सक्छ ।

अमेरिका र इजरायलले इरानविरुद्ध सञ्चालन गरेको युद्धका कारण तेलको मूल्य सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि देखिएको उच्चतम स्तरमा पुगेको छ । यसले विश्व अर्थतन्त्रप्रति चिन्ता बढाएको छ । यस द्वन्द्वका कारण विश्वको करिब पाँचौँ भाग तेल ओसार्ने महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरू लगभग बन्द भएको अवस्था सिर्जना भएको छ । यही तनावबीच विश्वकै सबैभन्दा ठूलो कच्चा पदार्थ आयातकर्ता चीनले जनवरी-फेब्रुअरी अवधिमा तेल आयात १६ प्रतिशतले बढाएको भन्सार तथ्यांकले देखाएको छ ।

पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेइ झाङका अनुसार निर्यातमा देखिएको बलियो वृद्धि चीनको बढ्दो व्यापार असन्तुलनप्रति चिन्तित व्यापारिक साझेदारहरूको तर्कलाई अझ बलियो बनाउनेछ । चीनका वाणिज्यमन्त्री वाङ वेन्टाओले पनि बेइजिङमा जारी ‘दुई सत्र’ राजनीतिक बैठकको सन्दर्भमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा देशको व्यापार सन्तुलित हुन आवश्यक रहेको स्वीकार गरेका थिए ।

उनका अनुसार निर्यात र आयात गाडीका दुई पाङ्ग्राजस्तै हुन् । “यदि यी दुई सन्तुलित भए भने मात्र गाडी सहज रूपमा अगाडि बढ्न सक्छ”, उनले भने । विश्लेषक झाङले बलियो निर्यात प्रदर्शन र सरकारले निर्धारण गरेको तुलनात्मक रूपमा कम आर्थिक वृद्धिदर लक्ष्यलाई हेर्दा चीनले निकट भविष्यमा ठूलो आर्थिक प्रोत्साहन कार्यक्रम ल्याउने सम्भावना कम रहेको संकेत दिएको बताएका  छन् ।
 


प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP