Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मधेसवादी दल ‘शून्य’
मधेसवादी दल ‘शून्य’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २६, २०८२
  • मधेसवादी दलहरू १६५ सिटमध्ये एक सिट पनि जित्न अक्षम
  • जसपा नेपाल, जसपा, जनमत, रामुपा, नाउपा, आजपा शून्य
  • समानुपातिक मत पनि ‘थ्रेस होल्ड’ कटाउन अपुग 
  • २०४८ यता हरेक संसद्मा पुग्ने मधेसवादी दलहरूको पहिलोपटक पत्तासाप

काठमाडौं- प्रतिनिधिसभामा मधेसवादी दलबाट एक जना पनि प्रतिनिधि नहुने भएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट मधेशवादी दलहरू एक सिट पनि जित्न असफल भएका हुन् । 

प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसक्दा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीले एक सिट पनि जित्न सकेनन् । समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुग्दा कुनै पनि मधेसवादी दलले समानुपातिकबाट सिट पाउन आवश्यक तीन प्रतिशत ‘थ्रेस होल्ड’ कटाउन सकेको छैन । यो नतिजासँगै अब प्रतिनिधिसभामा विगतमा जस्तो मधेसवादी दलहरुबाट कोही पनि प्रतिनिधि नहुने करिब निश्चित भएको छ ।

देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा लहर चल्दा मधेस प्रदेशमा पनि त्यो प्रभाव देखियो । जसकारण यसपटक मधेसवादी दलहरु पत्तासाप भएका हुन् । मधेसमा पनि कुनै मधेसकेन्द्रित दलहरू पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा छैनन् ।  जबकि, २००८ सालमा कांग्रेसबाट अलग भएर तराई कांग्रेस गठन गर्दै बेदानन्द झाले मधेसकेन्द्रित राजनीति थालनी गरेका थिए । २०४८ यताको संसद्मा नेपाल सद्भावना पार्टीको उपस्थिति हुन्थ्यो ।

Hardik health

२०६४ यता भने मधेसी जनअधिकार फोरम, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)लगायत विभिन्न दल सत्ता बार्गेनिङ गर्ने हैसियतमा पुगे । २०७०, २०७४ देखि २०७९ सम्मै मधेस केन्द्रित राजनीतिक दलहरू सत्तामा निर्णायक बने । तर, यसपटक खासगरी रास्वपाले यी दलहरूलाई पत्तासाप पारेको मधेस मामिलाका जानकार तुलानारायण साह बताउँछन् । उनको विचारमा मधेसकेन्द्रित दलहरू मधेसको मूल मुद्दा, बलिदान र आन्दोलनको भावनाभन्दा टाढा पुग्दा आधार इलाकामै जनमतबाट अस्वीकृत हुनु परेको हो । 

मधेसका मूल नेता ठान्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सुरक्षित स्थान भनिएको सप्तरी–३ बाट लड्दा पनि दोब्बर बढी मतान्तरले पराजित भए । सप्तरी-१ मा जनमतका अध्यक्ष डा. सिके राउत पराजित भए । दुवै पराजित भएको रास्वपा उम्मेदवारहरूबाटै हो । जसपा अध्यक्ष अशोक राई उम्मेदवार बनेनन् । राजेन्द्र महतोको दल राष्ट्रिय मुक्ति पार्टी, रेशमलाल चौधरीको दल नागरिक उन्मुक्ति पार्टी कहीँ पनि प्रतिस्पर्धीसम्म भएनन् । सबै मधेसकेन्द्रित दलहरूको सर्मनाक हार भयो ।

अब पाँच वर्ष ती दलहरू संसद् र सत्ताबाहिर हुने भएका छन् । मधेसको अर्को दल आम जनता पार्टीका अध्यक्ष प्रभु साह, पूर्वपत्रकार ऋषि धमलाले पनि निर्वाचन जित्न सकेनन् । दुवै नराम्ररी पराजित भए । प्रभावशाली भनिएका दलहरूले एक सिट पनि नजित्दा साना मधेसकेन्द्रित दलहरू नेपाल संघीय समाजवादी, बहुजन एकता पार्टी नेपाल, र नेपाल जनजागृति पार्टी, जनस्वराज पार्टीलगायतले जित्ने कुरै भएन । यससँगै मधेसकेन्द्रित दलहरू अस्तित्वको संकटमा परेको देखिएको छ । 

बेदानन्द झाले ७४ वर्षअघि राज्यको मूलधारमा मधेसको समान पहुँच, पहिचान, सरकारी सेवामा प्रवेश र हिन्दी भाषालाई आधिकारिकता सुनिश्चित गर्न माग गर्दै थालिएको मधेस राजनीति यतिबेला शिथिल बनेको हो ।
 


प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP