Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया
इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

बेइजिङ  - इरानमा नयाँ सर्वोच्च नेताको चयनपछि उत्पन्न अन्तर्राष्ट्रिय प्रतिक्रियाका बीच चीनले यो निर्णय पूर्ण रूपमा इरानको आन्तरिक विषय भएको स्पष्ट गरेको छ । बेइजिङले सोमबार इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताउँदै नयाँ नेताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेप वा लक्षित कारबाहीको विरोध गर्ने जनाएको छ ।

इरानका पूर्व सर्वोच्च नेता अली खामेनी अमेरिकी–इजरायली आक्रमणको पहिलो चरणमा मारिएपछि उहाँका छोरा मोजताबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको थियो।  त्यसपछि इजरायली सेनाले खामेनीका ‘कुनै पनि उत्तराधिकारी’ लाई लक्षित गर्न सक्ने चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि मोजताबा खामेनीलाई ‘हल्का तौलको’ नेता भन्दै आलोचना गर्नुभएको थियो । साथै नयाँ इरानी नेता चयन गर्ने प्रक्रियामा अमेरिकाको पनि भूमिका हुनुपर्ने उहाँको धारणा रहेको टिप्पणी सार्वजनिक भएको थियो ।यस विषयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले इरानले नयाँ नेता चयन गरेको निर्णय ‘यसको संविधानअनुसार गरिएको आन्तरिक प्रक्रिया’ भएको बताए ।

नयाँ नेताविरुद्ध सम्भावित कारबाहीबारे सोधिएको प्रश्नमा उनले चीन अन्य देशको आन्तरिक मामिलामा कुनै पनि बहानामा हस्तक्षेप गर्ने कार्यको विरोध गर्ने नीति कायम राखेको स्पष्ट पारे  ।गुओका अनुसार चीनले इरानको सार्वभौमिकता, सुरक्षा तथा क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने धारणा राख्दै आएको छ । उनले सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

Hardik health

पछिल्ला दिनहरूमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण जारी राखेको बताइएको छ । त्यसको जवाफस्वरूप तेहरानले इजरायल र खाडी क्षेत्रका केही देशहरूतर्फ क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको शृङ्खला सुरु गरेको छ । ती देशहरूमा अमेरिकी सैन्य उपस्थितिसमेत रहेको बताइएको छ ।

बेइजिङलाई तेहरानको घनिष्ठ साझेदार मानिन्छ । चीनले पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको निन्दा गरिसकेको छ । तर त्यससँगै खाडीका छिमेकी देशहरूतर्फ इरानले गरेका आक्रमणप्रति पनि चीनले असन्तुष्टि व्यक्त गरेको छ । क्षेत्रीय तनाव कम गराउने प्रयासस्वरूप चीनले कूटनीतिक पहल पनि अघि बढाएको जनाएको छ । मध्यपूर्वका लागि चीनका विशेष दूत झाई जुनले आइतबार साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहानसँग भेटघाट गर्नुभएको थियो । भेटमा उहाँले क्षेत्रीय तनाव कम गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको बताइएको छ ।

झाई जुनले वार्ताका क्रममा तत्काल सैन्य कारबाही रोक्नुपर्ने र परिस्थितिलाई थप जटिल बन्न नदिन आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनले क्षेत्रीय देशका सर्वसाधारण नागरिकहरूलाई थप क्षति नहोस् भन्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए । यसअघि आइतबार चिनियाँ विदेशमन्त्री वाङ यीले पनि जारी युद्धप्रति चिन्ता व्यक्त गर्दै यस्तो सङ्घर्ष ‘कहिल्यै हुनु नपर्ने’ उल्लेख गरेका  थिए । उनले युद्ध अन्त्य गर्न सबै पक्षले प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो तनावले विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा असर पार्ने जोखिम बढाएको छ । चीनका लागि पनि यसले ऊर्जा सुरक्षामा चुनौती थप्न सक्ने देखिन्छ । विश्लेषण फर्म क्लेपरको तथ्याङ्कअनुसार गत वर्ष इरानबाट निर्यात भएको कच्चा तेलमध्ये ८० प्रतिशतभन्दा बढी चीनतर्फ गएको थियो । यद्यपि यो चीनले समुद्री मार्गबाट आयात गर्ने कुल तेलको तुलनामा अपेक्षाकृत सानो हिस्सा हो । यो करिब १३ प्रतिशत मात्र रहेको तथ्याङ्कले देखाएको छ ।

तर चीनले आयात गर्ने कच्चा तेलको ठूलो हिस्सा अझै पनि मध्यपूर्व क्षेत्रबाट आउने भएकाले त्यहाँको अस्थिरताले प्रत्यक्ष प्रभाव पार्न सक्छ । क्लेपरका अनुसार गत वर्ष चीनको कुल समुद्री कच्चा तेल आयातमध्ये आधाभन्दा बढी हिस्सा व्यापक मध्यपूर्व क्षेत्रबाट आएको थियो । यी आपूर्तिहरू मुख्यतः स्ट्रेट अफ होर्मुजमार्फत हुने समुद्री मार्गमा निर्भर रहेका छन् ।


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP