Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
विश्व
  • Home
  • विश्व
  • इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु
इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको देशकै सबैभन्दा ठूलो फोहोर डम्पिङ स्थलमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले सोमबार जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको बताएका छन् ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार आइतबार दिउँसो करिब २ः३० बजे जकार्ताबाट करिब २५ किलोमिटर टाढा रहेको बान्तारगेबाङ फोहोर डम्पिङ क्षेत्रमा पहिरो गएको हो । पहिरोले त्यहाँ रहेका ट्रक र सडकछेउका खाद्य पसलहरू पुरिएका छन् ।

उद्धार टोलीले अवरुद्ध क्षेत्र खोल्न भारी उपकरण प्रयोग गरिरहेको छ भने सम्भावित पीडितहरूको खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार लगातार परेको भारी वर्षापछि डम्पिङ स्थलमा पहिरो गएको हो ।

Hardik health

जकार्ता र आसपासका सहरहरू मिलेर बनेको जाबोडेटाबेक क्षेत्रमा करिब चार करोड २० लाख मानिस बसोबास गर्छन् र यस क्षेत्रबाट दैनिक करिब १४ हजार टन फोहोर उत्पादन हुने अनुमान गरिएको छ । करिब ११० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको बान्तारगेबाङ डम्पिङ स्थलमा झण्डै पाँच करोड ५० लाख टन फोहोर थुप्रिएको बताइएको छ ।

पर्यावरणमन्त्री हनिफ फैसोल नुरोफिकले खुला फोहोर डम्पिङ स्थलमा फोहोर थुपार्न प्रतिबन्ध लगाइएको कानुन हुँदाहुँदै पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै स्थानीय प्रशासनलाई जिम्मेवार ठहर गरेका छन्  । उनले यस घटनालाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने र जकार्तामा फोहोर व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने बताएका छन्  ।

राष्ट्रपति प्राबोवो सुबियान्तोले पनि इन्डोनेसियाका अधिकांश फोहोर डम्पिङ स्थल सन् २०२८ सम्ममा आफ्नो क्षमता नाघ्ने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । सरकारले आगामी दुई वर्षभित्र फोहोरबाट ऊर्जा उत्पादन गर्ने ३४ वटा परियोजना निर्माण गर्न करिब तीन अर्ब ५० करोड डलर लगानी गर्ने योजना अघि सारेको छ । यसअघि सन् २००५ मा पश्चिम जाभामा फोहोर डम्पिङ स्थलमा भएको पहिरोमा मिथेन ग्यास विस्फोट र भारी वर्षाका कारण १४३ जनाको ज्यान गएको थियो ।


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मध्यपूर्व युद्धको प्रभावः तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल
मध्यपूर्व युद्धको प्रभावः तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सोमबार, फागुन २५, २०८२
इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया
इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया सोमबार, फागुन २५, २०८२
चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख
चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख सोमबार, फागुन २५, २०८२
मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि सोमबार, फागुन २५, २०८२
मध्यपूर्व युद्धको तीव्र विस्तार
मध्यपूर्व युद्धको तीव्र विस्तार सोमबार, फागुन २५, २०८२
बेरुतको एक होटलमा इजरायलको आक्रमण, युद्धमा मृत्यु हुने लेबनानीको सङ्ख्या ४०० पुग्यो
बेरुतको एक होटलमा इजरायलको आक्रमण, युद्धमा मृत्यु हुने लेबनानीको सङ्ख्या ४०० पुग्यो सोमबार, फागुन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP