Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • मध्यपूर्व युद्धको तीव्र विस्तार
मध्यपूर्व युद्धको तीव्र विस्तार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

एएफपी- इजरायल र इरानबीच जारी युद्ध झन् व्यापक बन्दै जाँदा सोमबार मध्यपूर्वका विभिन्न देशहरूमा आक्रमण, प्रतिआक्रमण, कूटनीतिक पहल र आर्थिक प्रभाव एकसाथ देखिएका छन् । नयाँ सर्वोच्च नेताको चयनपछि इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ भने इजरायलले पनि इरान तथा लेबनानमा नयाँ सैन्य कारबाही अघि बढाएको जनाएको हाे ।

युद्धको प्रभाव खाडी क्षेत्रदेखि एसियाली बजारसम्म फैलिँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध कहिले अन्त्य गर्ने भन्ने विषय इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको ‘आपसी’ समझदारीबाट तय हुने बताएका  छन् । समाचार वेबसाइट टाइम्स अफ इजरायलसँग कुरा गर्दै ट्रम्पले अन्तिम निर्णय भने वासिङ्टनले गर्ने स्पष्ट पारे । युद्ध अन्त्यको समयबारे सोध्दा उहाँले आफूले ‘उचित समयमा निर्णय गर्ने’ बताउँदै त्यसअघि सबै पक्षलाई ध्यानमा राखिने उल्लेख गरे । अमेरिकी र इजरायली अधिकारीहरूले आक्रमणको मुख्य उद्देश्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु भएको र यसले इरानमा शासन परिवर्तनको सम्भावना समेत सिर्जना गर्न सक्ने आशा व्यक्त गरेका छन् ।

यसैबीच, हालैको आक्रमणमा मृत्यु भएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीका छोरा ५६ वर्षीय मोजताबा खामेनीलाई देशको विशेषज्ञ सभाले नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको छ । इरानको रिभोलुसनरी गार्ड्सले तत्काल नयाँ नेताप्रति वफादारी व्यक्त गरेको जनाएको छ । न्यायपालिकाका प्रमुख घोलामहोसेन मोहसेनी एजेईले उक्त निर्णयलाई ‘आनन्द र आशाको स्रोत’ बताउनुभयो भने वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानीले यसलाई पूर्ण रूपमा कानूनी प्रक्रिया अनुसार भएको बताउनुभयो । यमनका हुथी विद्रोहीहरूले पनि खामेनीको नियुक्तिलाई स्वागत गर्दै यसलाई इस्लामिक गणतन्त्रका विरोधीहरूका लागि ठूलो झट्का भनेका छन् । यद्यपि इजरायली सेनाले यसअघि ‘कुनै पनि उत्तराधिकारी’ लाई लक्षित गर्न सक्ने चेतावनी दिएको थियो भने ट्रम्पले एबिसी न्युजसँग कुरा गर्दै अर्को नेताले अमेरिकाबाट स्वीकृति नपाए लामो समय टिक्न नसक्ने टिप्पणी गरे ।

नयाँ सर्वोच्च नेताको घोषणा लगत्तै इरानले सोमबार इजरायलतर्फ पहिलो क्षेप्यास्त्र प्रहार गरेको सरकारी प्रसारण संस्था आइआरआइबीले जनाएको छ । उक्त आक्रमणमा इजरायलमा एक महिला घाइते भएको चिकित्सकहरूले बताएका छन् । त्यसको जवाफमा इजरायली सेनाले मध्य इरानका ‘शासनसम्बन्धी पूर्वाधार’ लक्षित गर्दै नयाँ आक्रमण सुरु गरेको जानकारी दिएको छ ।

Hardik health

युद्धको प्रभाव खाडी क्षेत्रमा पनि फैलिएको छ । बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार सित्रा टापुमा रातभर भएको इरानी ड्रोन आक्रमणमा ३२ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये बच्चासहित चार जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ । यसै क्रममा कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कुवेतले पनि नयाँ आक्रमणको विवरण सार्वजनिक गरेका छन् । कतारको राजधानी दोहामा विस्फोटका आवाज सुनिएको एएफपीका पत्रकारहरूले बताएका छन् । कतारको रक्षा मन्त्रालयले आफ्नो वायु प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र आक्रमण रोकेको जनाएको छ । साउदी अरबका नागरिक सुरक्षा अधिकारीहरूका अनुसार आइतबार भएको एक प्रक्षेपणमा दुई जनाको मृत्यु भएको र १२ जना घाइते भएका छन् ।

लेबनानमा पनि तनाव चर्किएको छ । इरान समर्थित लडाकू समूह हिजबुल्लाहले सिरियाबाट हेलिकप्टरमार्फत आएका इजरायली सेनासँग पूर्वी लेबनानमा झडप भइरहेको जनाएको छ । हेजबुल्लाहका दुई स्रोतले एएफपीसँग कुरा गर्दै उक्त क्षेत्रमा इजरायली हेलिकप्टर समूह खसालिएको दाबी गरेका छन्, यद्यपि इजरायली सेनाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यसैबीच इजरायली सेनाले सोमबार बिहान लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

सुरक्षा जोखिम बढेपछि अमेरिकी विदेश मन्त्रालयले गैर–आपतकालीन अमेरिकी सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई साउदी अरेबिया छोड्न आदेश दिएको छ । युद्धको असर विश्व अर्थतन्त्रमा पनि देखिएको छ । आपूर्ति अवरुद्ध हुने डरका कारण कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य डब्लुटिआई र ब्रेन्ट दुवै प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेका छन् । युद्ध सुरु भएयता डब्लुटिआई करिब ७५ प्रतिशत र ब्रेन्ट ६० प्रतिशतभन्दा बढी बढेको छ । तेलको मूल्य वृद्धि भएपछि दक्षिण कोरिया र जापानका शेयर बजारमा सोमबार प्रारम्भिक कारोबारमै तीव्र गिरावट आएको छ । ट्रम्पले भने सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै तेलको मूल्य वृद्धि इरानको आणविक खतरा हटाउन ‘तिर्नुपर्ने सानो मूल्य’ भएको टिप्पणी गरे ।

अमेरिकी सेनाले युद्ध सुरु भएदेखि सातौँ सैनिकको मृत्यु भएको पनि जनाएको छ । प्रारम्भिक इरानी जवाबी आक्रमणका क्रममा साउदी अरेबियामा भएको हमलामा एक सैनिक मारिएको हो भने कुवेतस्थित आधारमा भएको ड्रोन आक्रमणमा अन्य छ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।  कूटनीतिक स्तरमा भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग टेलिफोन वार्ता गर्नुभएको छ । म्याक्रोनले क्षेत्रका अन्य देशहरूमा आक्रमण रोक्न आग्रह गर्नुभएको बताइएको छ । युद्ध सुरु भएयता पेजेस्कियानसँग कुनै पश्चिमी नेताले गरेको यो पहिलो सार्वजनिक सम्पर्क हो ।

यसबीच मानवअधिकार संस्था ह्युमन राइट्स वाचले गत साता दक्षिणी लेबनानको योहमोर सहरका आवासीय क्षेत्रमा इजरायलमाथि सेतो फस्फोरस गैरकानूनी रूपमा प्रयोग गरेको आरोप लगाएको छ । अक्सिजनसँग सम्पर्कमा आउँदा तुरुन्त प्रज्वलित हुने यो पदार्थ आगो लगाउने हतियारका रूपमा प्रयोग हुन सक्छ र यसले गम्भीर जलन, श्वासप्रश्वासमा क्षति, अङ्ग विफलता र मृत्यु समेत निम्त्याउन सक्ने बताइएको छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP