Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • बेरुतको एक होटलमा इजरायलको आक्रमण, युद्धमा मृत्यु हुने लेबनानीको सङ्ख्या ४०० पुग्यो
बेरुतको एक होटलमा इजरायलको आक्रमण, युद्धमा मृत्यु हुने लेबनानीको सङ्ख्या ४०० पुग्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

बेरुत- इजरायलले आइतबार मध्य बेरुतको एक होटलमा आक्रमण गरेको छ। हिजबुल्लाहसँग नयाँ युद्ध सुरु भएपछि शहरको केन्द्रमा भएको यो पहिलो आक्रमण हो । लेबनानी अधिकारीका अनुसार गत हप्ता लेबनानमा करिब ४०० व्यक्तिको मृत्यु भएको छ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको हत्या भएपछि इरान समर्थित लडाकू समूह हिजबुल्लाहले सोमबार इजरायलमाथि आक्रमण गरेपछि लेबनान मध्यपूर्व युद्धमा तानिएको छ। 

सन् २०२४ को युद्धविरामका बाबजुद हिजबुल्लाहलाई लक्षित गरी आक्रमण जारी राखेको इजरायलले यस हप्ता लेबनानमा धेरै आक्रमणहरू सुरु गर्यो र सीमा क्षेत्रमा स्थल सेना पनि पठायो।हेजबुल्लाह समूहले आइतवार भनेको छ, “हिजबुल्लाह समूहले हाइफामा रहेको नौसैनिक शिविरमा आक्रमण गर्ने र नहरिया शहरतर्फ ड्रोनको झुण्ड पठाउने सहित बारम्बार उत्तरी इजरायललाई निशाना बनाएको छ ।

Hardik health

यसैबीच, इजरायलको सेनाले दक्षिणी लेबनानमा भएको लडाइँमा आफ्ना दुई सैनिकको मृत्यु भएको बताएको छ । मार्च २ मा सुरु भएको पछिल्लो आक्रमणपछि मारिने उनीहरू पहिलो दुई सैनिक हुन् । इजरायलले सयौँ वर्ग किलोमिटर ओगटेको लेबनानी बासिन्दाहरूलाई लितानी नदीको दक्षिणको क्षेत्र छोड्न आफ्नो आह्वान पनि दोहोर्याएको छ। 

लेबनानका स्वास्थ्यमन्त्री राकान नसिरिद्दीनले गत हप्तामा लेबनानमा इजरायलले गरेको आक्रमणमा ८३ बालबालिका र ४२ महिलासहित ३९४ जनाको मृत्यु भएको बताएका छन् । 
सोही दिन स्वास्थ्य मन्त्रालयले बेरुतको शहरको केन्द्रमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको र अन्य १० जना घाइते भएको बताएको थियो।
 
“म दक्षिणी उपनगरबाट आफ्ना छोराछोरीसँग सुरक्षित रहन आएको थिएँ तर त्यहीँ आक्रमण भयो,” ४५ वर्षीय ट्याक्सी चालक अबु हुसेनले आफ्नो क्षतिग्रस्त कार देखाउँदै भने । “यहाँ कुनै सुरक्षित स्थान छैन,” उनले दुःख व्यक्त गरे । सोमबारदेखि मध्य बेरुतलाई लक्षित गरी गरिएको यो पहिलो आक्रमण थियो।

एएफपीका एक फोटोग्राफरले चौथो तलाको एउटा कोठा र फुटेको सिसा र जलेका भित्ताहरू देखेका थिए भने सुरक्षा फौजले घटनास्थललाई घेरा हालेका थिए ।इजरायली सेनाले आफ्नो विदेशी अपरेसन शाखा इरानी रिभोलुसनरी गाड्र्स कुद्स फोर्सका प्रमुख कमान्डरहरूलाई लक्षित गरी सटीक आक्रमण गरेको बताएको छ।

नाम नबताउने शर्तमा एक सुरक्षा अधिकारीले एएफपीलाई बताएअनुसार हिजबुल्लाहसँग सम्बन्धित उद्धारकर्ताहरूले होटलबाट तीन मृत शरिर लिएर गएका थिए ।सन् २०२४ नोभेम्बरदेखि युद्धविरामसँगै समाप्त भएको इजरायल र हिजबुल्लाहबीचको समाप्त भएको अघिल्लो युद्धको समयमा इजरायली आक्रमणबाट अछुतो रहेको राउचे क्षेत्र एक प्रमुख पर्यटन गन्तव्य हो । भूमध्यसागरीय तटमा रहेको यस क्षेत्रमा दर्जनौं होटलहरू छन्, जुन अहिले लेबनानका अन्य ठाउँबाट भागेका विस्थापित व्यक्तिहरूले भरिएका छन्। 

 


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP