Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • तेहरानमा भीषण आक्रमण, युद्ध सातौँ दिनमा
तेहरानमा भीषण आक्रमण, युद्ध सातौँ दिनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २२, २०८२

एएफपी- इजरायलले इरानविरुद्ध सुरु भएको युद्धलाई ‘नयाँ चरण’ मा प्रवेश गराएको बताउँदै शुक्रबार राजधानी तेहरानमा ठूलो आक्रमण गरेको खबर सार्वजनिक भएको छ । युद्ध सातौँ दिनमा पुगेको बेला दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण तीव्र बनेका छन् भने यसको प्रभाव मध्यपूर्वका अन्य देशहरूमा पनि फैलिएको देखिएको हाे ।

इरानी सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान तेहरानमा शक्तिशाली विस्फोटसहित आक्रमण भएका छन् । इजरायलले त्यसअघि राजधानीमा ‘शासन पूर्वाधार’ लक्षित गरी प्रहार गर्ने घोषणा गरेको थियो । इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले अमेरिका-इजरायल संयुक्त अभियान अब अर्को चरणमा पुगेको र यसले इरानको शासन संरचना तथा सैन्य क्षमतामाथि थप आक्रमण गर्ने चेतावनी दिएृका थिए । उनले अझै थप ‘अप्रत्याशित कदम’ आउन सक्ने सङ्केत पनि गरेका  छन् ।

अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले पनि इरान र तेहरानमाथि प्रयोग गरिने सैन्य शक्ति नाटकीय रूपमा बढ्ने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्व परिवर्तनको विषयमा आफू संलग्न हुनुपर्ने बताएका छन् । अमेरिका-इजरायलको प्रारम्भिक आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएपछि नयाँ नेतृत्वको विषय चर्किएको छ । ट्रम्पले खामेनीका छोरा मोज्ताबा खामेनी सम्भावित उत्तराधिकारी हुन सक्ने अनुमान अस्वीकार गर्दै उनलाई ‘हल्का वजन’ भएको टिप्पणी गरेका छन् । उनले इरानमा ‘सद्भाव र शान्ति ल्याउने’ नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
द्वन्द्वको प्रभाव इजरायल र लेबनानसम्म फैलिएको छ । इरान समर्थित हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले लेबनानमा हवाई आक्रमण गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार ती आक्रमणमा कम्तीमा १२३ जनाको मृत्यु भएको छ । बेरुतका दक्षिणी उपनगरहरूबाट दशौँ हजार मानिस विस्थापित भएका छन् र धेरै परिवार समुद्र तटमा अस्थायी रूपमा बस्न बाध्य भएका छन् ।

समुद्र तटमा आश्रय लिइरहेका ६१ वर्षीय युसेफले आफू सन् २०२४ को युद्धपछि दोस्रो पटक विस्थापित भएको बताए । उनका अनुसार यस्तो अवस्थामा कसले बाँच्ने भन्ने निर्णय ‘भाग्य’ ले गर्ने जस्तो लाग्छ । आफ्नो परिवारलाई सुरक्षाका लागि सिरिया पठाएको र आफैँ घर फर्कने कि नफर्कने भन्ने दुविधामा रहेको उहाँले बताए । “किन यस्तो युद्ध ?” भन्ने प्रश्न उनले निराश हुँदै उठाए ।

Hardik health

तेहरानमा भने आक्रमणबीच पनि केही स्थानमा सामान्य जीवनका दृश्य देखिएका छन् । बच्चाहरू बेलुनसँग खेलिरहेका र अभिभावकहरूले आफ्ना बालबालिकासँग साना सवारी चलाइरहेका दृश्य देखिए पनि सादा पोसाकमा सुरक्षा अधिकारीहरू सडकमा सक्रिय देखिएका छन् । स्थानीय एक इन्जिनियरका अनुसार सुरक्षा बलहरूले सडकमा गस्ती गर्दै मानिसहरूको फोन जाँच गर्ने र डरको वातावरण सिर्जना गर्ने काम गरिरहेका छन् ।

यसैबीच देशभर इन्टरनेट सेवा लगभग ठप्प भएको छ । निगरानी संस्था नेटब्लक्सका अनुसार इरानमा इन्टरनेट कनेक्टिभिटी सामान्य अवस्थाको करिब एक प्रतिशत मात्र रहेको छ । अधिकारीहरूले नागरिकलाई भिपिएन प्रयोग नगर्न चेतावनी दिएका छन् । तेहरानबाट बाहिरिएका युगान्डाका विद्यार्थी ओस्कार नाइगेमाले आक्रमणका क्रममा सहरभरि त्रास फैलिएको बताउनुभयो । उहाँका अनुसार विस्फोटका कारण जमिन नै थर्किएको महसुस भएको थियो र धेरै मानिसहरू अत्यन्त डराएका थिए ।

यसबीच इरानले पनि इजरायल र खाडी क्षेत्रका केही लक्ष्यतर्फ प्रतिआक्रमण गरेको जनाएको छ । कतारले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले अल-उदेदस्थित अमेरिकी हवाई अड्डालाई लक्षित ड्रोन आक्रमण विफल पारेको जनाएको छ । बहराइनले राजधानीमा होटल र दुई आवासीय भवन लक्षित आक्रमण भएको तर कुनै मानवीय क्षति नभएको बताएको छ भने साउदी अरेबियाले तीनवटा ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको जनाएको छ । युद्ध सुरु भएदेखि खाडी क्षेत्रका देशहरूमा १३ जनाको मृत्यु भएको छ, जसमा सात जना सर्वसाधारण रहेका छन् । मृतकमध्ये कुवेतकी ११ वर्षीया बालिका पनि रहेको जनाइएको छ ।

द्वन्द्वको असर मध्यपूर्व बाहिर पनि देखिएको छ । श्रीलङ्काको तट नजिक अमेरिकी पनडुब्बीले एक इरानी युद्धपोतलाई टारपीडो गरेको खबर आएको छ भने अजरबैजानले आफ्नो विमानस्थलमा ड्रोन आक्रमण भएपछि प्रतिशोधको चेतावनी दिएको छ । एक इरानी राज्य सञ्चालित फाउन्डेसनले अमेरिका र इजरायलका आक्रमणबाट इरानमा एक हजार २३० जनाको मृत्यु भएको दाबी गरेको छ, तर यो तथ्य स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । अमेरिकी सेनाले भने युद्ध सुरु भएदेखि आफ्ना छ सैनिक मारिएको जनाएको छ भने इजरायलमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

इरानले भने युद्धविरामप्रति असहमति जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग वार्ता गर्नुपर्ने कुनै कारण नदेखिएको बताए । उता अमेरिकी रक्षामन्त्री हेग्सेथले अमेरिकी हतियारको अभाव नरहेको भन्दै युद्ध जारी रहने सङ्केत दिए । तर मध्यपूर्वमा अमेरिकी सेनाको कमान्ड सम्हाल्ने सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार इरानबाट हुने आक्रमण क्रमशः घट्दै गएको छ । उनले युद्ध सुरु भएको पहिलो दिनको तुलनामा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण ९० प्रतिशत र ड्रोन आक्रमण ८३ प्रतिशतले घटेको बताए ।

युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय यात्रा प्रभावित भएका छन् । तेलको मूल्यमा हाल केही स्थिरता देखिए पनि धेरै एसियाली सेयर बजारहरू शुक्रबार घटेका छन् । यसैबीच इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण रहेको बताएको छ । त्यहाँबाट विश्वको ठूलो हिस्सा ऊर्जा आपूर्ति हुन्छ । वासिङ्टनले भने आवश्यक परेमा जहाजहरूलाई सुरक्षा दिँदै आवतजावत गराउने जनाएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP