Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • अष्ट्रेलियामा आदिवासीविरुद्ध जातीय भेदभावबारे छानबिन सुरु
अष्ट्रेलियामा आदिवासीविरुद्ध जातीय भेदभावबारे छानबिन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २२, २०८२

क्यानबेरा - अष्ट्रेलिया सरकारले आदिवासी समुदायमाथि बढ्दो जातीय भेदभाव, घृणा र हिंसाका घटनाबारे छानबिन गर्न नयाँ अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ । यो निर्णय जनवरी महिनामा पश्चिमी अष्ट्रेलियामा भएको कथित आतङ्कवादी आक्रमण प्रयासपछि गरिएको हो । 

अष्ट्रेलियाकी आदिवासी मामिला मन्त्री मालारन्दिरी म्याकार्थीले संसदअन्तर्गत रहेको आदिवासी मामिला समितिलाई आदिवासी समुदायमाथि हुने जातीय भेदभाव, घृणा र हिंसासम्बन्धी घटनाको अनुसन्धान गर्न अनुरोध गरेको र समितिले उक्त अनुरोध स्वीकार गरेको जानकारी दिएका छन् । 

सरकारका अनुसार पछिल्लो समय आदिवासी अष्ट्रेलियालीहरूविरुद्ध जातीय भेदभावका घटनाहरू बढ्दै गएको देखिएकाले यस विषयमा विस्तृत अध्ययन आवश्यक भएको हो । जनवरी २६ मा पश्चिमी अष्ट्रेलियाको पर्थ शहरमा आदिवासी समुदायको नेतृत्वमा आयोजित विरोध प्रदर्शनका क्रममा हजारौं मानिस भेला भएका बेला एक व्यक्तिले घरमै बनाइएको विस्फोटक पदार्थ भीडतर्फ फ्याँकेको आरोप लागेको थियो । 

Hardik health

उक्त विस्फोटक पदार्थ नफुटे पनि अधिकारीहरूले त्यसले ठूलो मानवीय क्षति हुन सक्ने सम्भावना रहेको बताएका छन् ।यस घटनामा पश्चिमी अष्ट्रेलियाका ३२ वर्षका एक व्यक्तिलाई आतङ्कवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । यो राज्यको इतिहासमै आतङ्कवादी कार्यमा संलग्न भएको आरोपमा दर्ता गरिएको पहिलो घटना भएको बताइएको छ । अनुसन्धानकर्ताहरूका अनुसार उक्त आक्रमण जातीय घृणा र अतिवादी विचारधाराबाट प्रेरित भएको आशंका गरिएको छ ।

मन्त्री म्याकार्थीका अनुसार पर्थ घटनापछि आदिवासी समुदायमा डर र आक्रोश बढेको छ । यसअघि सन् २०२५ को अगस्टमा मेलबर्नमा आदिवासीहरूको विरोध शिविरमा श्वेत सर्वोच्चतावादी समूहले आक्रमण गरेको घटना पनि भएको थियो । सरकारले गठन गरेको यो अनुसन्धान समितिले आदिवासी समुदायमाथि हुने जातीय भेदभाव, घृणा र हिंसासम्बन्धी घटनाको अध्ययन गरी आगामी सेप्टेम्बर महिनाको मध्यसम्म आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP