Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • आइटिबीमा पर्यटन सम्भावनालाई विश्वसामु पुनःस्थापना गर्ने नेपालको प्रतिबद्धता
आइटिबीमा पर्यटन सम्भावनालाई विश्वसामु पुनःस्थापना गर्ने नेपालको प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २०, २०८२

काठमाडौं-  नेपालले जर्मनीमा आयोजित विश्वको अग्रणी ट्राभल ट्रेड शो आइटिबी (इन्टरनेसनल टुरिजम् एक्सचेञ्ज), बर्लिनमा सहभागिता जनाएको छ ।  यही मार्च ३ तारिखदेखि सुरु भई ५ तारिखसम्म जारी रहने आइटिबी बर्लिनमा नेपालको सहभागिता व्यापारिक उपस्थिति मात्र नभई विश्व पर्यटन बजारमा नेपालको सम्भावनालाई पुनःस्थापित गर्ने रणनीतिक प्रयास भएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले बताए ।  

हिमालयका रोमाञ्चक ट्रेकिङ पदमार्गदेखि प्राचीन मन्दिरहरूको सम्पदा, शान्त परिवेश, विविध सांस्कृतिक तथा धार्मिक परम्परा, अनुपम प्राकृतिक सौन्दर्यलगायत अनुभवलाई अन्तरराष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने लक्ष्य बोर्डले अघि सारेको उनले जानकारी दिए ।  बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख सागर फुयाँलले नेपाल प्याभिलियनको उद्घाटन र अवलोकन गरेका थिए । कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत रेग्मी, सिर्जना नेपाली र शिवराज पाण्डे उपस्थिति थियो ।  बोर्डका वरिष्ठ अधिकृत रेग्मीले भने, “आइटिबी बर्लिनमा नेपालको सहभागिता अन्तरराष्ट्रिय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर मात्र होइन, नेपालको पर्यटन सम्भावनालाई विश्वसामु पुनःप्रस्तुत गर्ने प्रतिबद्धता पनि हो । चुनौतीका बाबजुत नेपाललाई ‘घुम्नैपर्ने गन्तव्य’का रूपमा स्थापित गर्न हामी लागिरहेका छौँ ।”

उनका अनुसार नेपाल अब केवल हिमाल आरोहण वा ट्रेकिङमा सीमित गन्तव्य नभई बहुआयामिक अनुभव प्रदान गर्ने समग्र पर्यटन गन्तव्यका रूपमा उभिएको छ । प्याराग्लाइडिङ, बन्जीजम्प, राफ्टिङ, माउन्टेन बाइकिङलगायत साहसिक खेलकुदसँगै ऐतिहासिक दरबार क्षेत्र, प्राचीन मन्दिर, बौद्ध स्तूप र जीवित सांस्कृतिक सम्पदाको अवलोकन गर्न सकिने अवसर नेपालमा उपलब्ध छन् । साथै योग ध्यान, आयुर्वेदिक उपचार तथा प्राकृतिक परिवेशमा सञ्चालन हुने ‘वेलनेस रिट्रिट’हरूले मानसिक तथा शारीरिक सन्तुलन खोज्ने पर्यटकलाई आकर्षित गरिरहेका रेग्मीले उल्लेख गरे । समुदायमा आधारित होमस्टे, वातावरणमैत्री रिसोर्ट तथा स्थानीय उत्पादनमा आधारित सेवाले नेपालको पर्यटनलाई दिगो र समावेशी बनाउने प्रयासलाई थप सुदृढ बनाएको उनको भनाइ छ । 

Hardik health

विश्व बजारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपालले आफ्नो मौलिकता, प्राकृतिक सम्पदा र आत्मीय आतिथ्यलाई बलियो ब्रान्डका रूपमा स्थापित गर्न खोजिरहेको वरिष्ठ अधिकृत रेग्मीले बताए । एकै गन्तव्य, अनेक अनुभवको अवधारणामार्फत अन्तरराष्ट्रिय यात्रुलाई साहसिकता, आध्यात्मिक शान्ति र सांस्कृतिक गहिराइको समग्र अनुभव दिने दीर्घकालीन रणनीति बोर्डले अघि बढाएको जनाएको छ । आइटिबी बर्लिनमा २५ वटा नेपाली कम्पनीहरूको सहभागितामार्फत अन्तरराष्ट्रिय ट्राभल एजेन्सी, उद्योग व्यवसायी तथा सञ्चारमाध्यमसँग नयाँ साझेदारी विस्तार गर्ने र नेपालको पर्यटन क्षेत्रका लागि थप अवसर सिर्जना गर्ने बोर्डको अपेक्षा छ । नेपालले विश्वभरका यात्रुलाई आफ्नो अतुलनीय सौन्दर्य, समृद्ध संस्कृति र आत्मीय आतिथ्य अनुभवका लागि नेपाल घुम्न आउन पनि बोर्ड सबैलाई आह्वान गरेको छ ।
 


प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP