क्यूएनए- इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ ।
उद्धार टोलीहरूले अझै पनि क्षेतिग्रस्त भवनको भग्नावशेषमुनि फसेका मानिसहरूलाई निकाल्ने काम गरिरहेको लेबनानी राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
इजरायली सेनाले यस अघि नै लेबनानका बासिन्दाहरूका लागि निकासी चेतावनी जारी गरेको थियो । यस अघि लेबनानको स्वास्थ्य मन्त्रालयले माउन्ट लेबनान गवर्नरेटको आरामौन र सादियातका क्षेत्रलाई लक्षित गरी गरेको इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको घोषणा गरेको थियो ।