काबुल- अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको बताएको छ ।सामाजिक सञ्जाल एक्स मार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्वपूर्ण पाकिस्तानी सैन्य सुविधाहरूलाई लक्षित गरी हवाई आक्रमण“ गरेको बताएको हो ।
विज्ञप्तिमा आक्रमणमा रावलपिन्डीको नुर खान एयरबेस, क्वेटा, बलुचिस्तानको १२ औँ ब्रिगेड बेस र खैबर पख्तुनख्वाको मोहमण्ड एजेन्सीको खोइजाई क्याम्पका साथै अन्य प्रमुख सुविधाहरू तथा सैन्य स्थलहरू समावेश रहेको जनाइएको छ । तस्बिरहरूले चारवटा पाकिस्तानी हवाई अड्डाहरूमा आक्रमणबाट भएको क्षति देखाएको छ । जसमा रावलपिन्डीको नुर खान एयर बेस, सरगोडाको पिएएफ बेस मुशफ, भोलारी एयर बेस, र ज्याकोबाबादको पिएएफ बेस शाहबाज रहेका छन् ।
यसैबीच, अफगान रक्षा मन्त्रालयले पनि पाकिस्तानी सेनाले काबुल, बगराम र अन्य क्षेत्रहरूमा गरेको हवाई आक्रमणको बदलामा अभियान सुरु गरिएको बताएको छ । “प्रारम्भिक जानकारी अनुसार, यी आक्रमणहरूले उल्लेखित लक्ष्यहरूमा ठुलो क्षति पुर्याएको छ । अपरेसन पाकिस्तानी सेनाले काबुल, बगराम र केही अन्य क्षेत्रलाई लक्षित गरी गरेको हवाई आक्रमणको जवाफमा गरिएको जनाइएको छ ।
थप आक्रमण वृद्धि विरुद्ध चेतावनी दिँदै मन्त्रालयले अफगान हवाई क्षेत्रको नियम उल्लङ्घनलाई कडा जवाफ दिइने बताएको छ ।सीमापार आक्रमणको हालैका रिपोर्टहरूले दुई छिमेकी देशहरू बिचको तनावमा तीव्र वृद्धि भएको सङ्केत गर्दछ ।