Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
विश्व
  • Home
  • विश्व
  • इजरायल–इरान द्वन्द्व क्षेत्रभरि फैलियो
इजरायल–इरान द्वन्द्व क्षेत्रभरि फैलियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १८, २०८२

बेरुत - इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल, इरान र उसका सहयोगी समूहहरूबीचको द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ । अमेरिकी समर्थनमा इरानमाथि भएको ठूलो आक्रमण र इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्यापछि सुरु भएको तनावले क्षेत्रीय युद्धको रूप लिने सङ्केत देखिएको छ ।

तेहरान समर्थित शिया आन्दोलन हिजबुल्लाहले खामेनीको हत्याको बदलामा इजरायलतर्फ रकेट तथा ड्रोन प्रहार गरेको दाबी गरेपछि इजरायली सेनाले बेरुतसहित दक्षिणी लेबनानमा तीव्र आक्रमण गरेको जनाएको छ । सिडोन क्षेत्रमा सर्वसाधारण घर छाडेर भागेका छन् भने राजधानी बेरुतमा बिहानै विस्फोटका आवाज सुनिएको थियो ।

यसैबीच अमेरिकी सेनाले इरानभित्रका रणनीतिक लक्ष्यहरूमा कारबाही विस्तार गरेको छ । वासिङ्टनले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आइआरजिसी० को मुख्यालय ध्वस्त पारेको जनाएको छ । इरानले त्यसको जवाफमा इजरायल, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र अन्य खाडी मुलुकतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेको छ । तेल अभिव नजिक र बेत सेमेश क्षेत्रमा भएको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । जेरुसेलममा पनि घाइते भएका छन् ।

दोहा, दुबई र मानामामा समेत विस्फोटका खबर आएका छन् । खाडी क्षेत्रमा भएका जवाफी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ । इरानभित्र रेड क्रिसेन्टका अनुसार पछिल्ला आक्रमणमा २०१ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । इरानी न्यायपालिकाले खामेनीका सल्लाहकार अली शामखानी र रिभोलुसनरी गार्ड्सका प्रमुख जनरल मोहम्मद पाकपुर मारिएको पुष्टि गरेको छ ।

Hardik health

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो अमेरिकी सैनिकको मृत्युको बदला लिने बताउँदै कारबाही अझ कडा हुने चेतावनी दिनुभएको छ । पेन्टागनका अनुसार ‘एपिक फ्युरी’ नामक अपरेसनमा तीन अमेरिकी सैनिक मारिएका छन् । ट्रम्पले इरानी सुरक्षा बललाई हतियार त्याग्न आह्वान गर्दै प्रतिरोध गरे ‘निश्चित मृत्यु’ हुने चेतावनी दिएका छन् ।

तर इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले अमेरिका सँग कुनै वार्ता नहुने स्पष्ट पारेका छन् । राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्या मुस्लिमविरुद्धको युद्धको घोषणा भएको बताउँदै बदला लिने अधिकार सुरक्षित रहेको जनाएका छन्। खामेनीको मृत्युपछि आयातोल्लाह अलिरेजा अराफीलाई अन्तरिम नेतृत्व परिषद्मा जिम्मेवारी दिइएको छ ।

यसबीच लेबनानका प्रधानमन्त्री नवाफ सलामले हिजबुल्लाहको रकेट प्रहारलाई गैरजिम्मेवारपूर्ण कदम बताउँदै यसले देशलाई थप जोखिममा पारेको प्रतिक्रिया दिएको छ । पाकिस्तानको कराचीमा अमेरिकी वाणिज्य दूतावासमा आक्रमण प्रयास भएको छ भने १७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

 इजरायल र अमेरिकाले इरानका नागरिकलाई शासनविरुद्ध उठ्न आह्वान गरेका छन् । शाहका छोरा रेजा पहलवीले पनि सही समय कुर्न आग्रह गरेको छ । खामेनीको मृत्युलाई लिएर इरानभित्र मिश्रित प्रतिक्रिया देखिएको छ—कतै उत्सव, कतै अमेरिका विरोधी प्रदर्शन ।

तेहरानको आणविक कार्यक्रमबारे वार्ता चलेको दुई दिनमै भएको यो सैन्य टकरावले होर्मुज जलडमरूमध्यमा असर पारेको छ । इरानले जलमार्ग बन्द गर्ने चेतावनी दिएपछि जहाजमाथि आक्रमण भएका छन् र विश्व तेल बजारमा मूल्य वृद्धि भएको छ । अमेरिकी दाबी अनुसार नौ इरानी नौसैनिक जहाज डुबाइएका छन्, यद्यपि इरानले अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कनलाई निशाना बनाएको दाबी गरेको छ, जसलाई पेन्टागनले अस्वीकार गरेको छ ।

 यसरी इजरायल–इरान तनाव सीमित टकरावबाट क्षेत्रीय सङ्घर्षतर्फ उन्मुख भएको देखिएको छ, जसले मध्यपूर्वको सुरक्षा सन्तुलन र विश्व अर्थतन्त्र दुवैलाई गम्भीर असर पार्ने सङ्केत दिएको छ ।


प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण
अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण सोमबार, फागुन १८, २०८२
बाधा चिर्दै एसियन कपमा बङ्गलादेश
बाधा चिर्दै एसियन कपमा बङ्गलादेश सोमबार, फागुन १८, २०८२
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित आइतबार, फागुन १७, २०८२
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द आइतबार, फागुन १७, २०८२
महाराष्ट्रको विस्फोटक कारखानामा १७ जनाको मृत्यु
महाराष्ट्रको विस्फोटक कारखानामा १७ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
खाडीमा इरानी आक्रमण
खाडीमा इरानी आक्रमण आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP