Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १७, २०८२

एएफपी- अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन् । जसका कारण विश्वव्यापी हवाई यातायातमा सबैभन्दा ठूलो अवरोध देखा परेको हाे । 

हजारौँ उडान ढिलाइ वा रद्द भएका छन्, हजारौँ यात्रुहरू अस्थायी रूपमा विमानस्थलमा रोकिएका छन् । इरान, इराक, इजरायल, सिरिया, कुवेत र संयुक्त अरब इमिरेट्सले शनिबार आक्रमणपछि आफ्नो आकाश नियन्त्रणमा राख्ने घोषणा गरेका थिए । प्रमुख एयरलाइन्सहरू जस्तै एमिरेट्स, एतिहाद, एयर फ्रान्स, ब्रिटिस एयरवेज, एयर इन्डिया, टर्की एयरलाइन्स र लुफ्थान्सा समेतले सेवा स्थगित गरेका छन् । उड्डयन विश्लेषक कम्पनी सिरियमका अनुसार मध्यपूर्वमा लगभग चार हजार २१८ उडानमा ९६६ उडान रद्द भए भने आउटबाउन्ड उडानहरू समेत गणना गर्दा सङ्ख्या एक हजार ८०० माथि पुगेको छ ।

इरानले तुरुन्तै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने इजरायलले पनि नागरिक उडानका लागि आकाश बन्द गरेको घोषणा गरेको छ । कतार, इराक, सिरिया, जोर्डन र कुवेतले आंशिक वा पूर्ण रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । संयुक्त अरब इमिरेट्सले आंशिक रूपमा हवाई क्षेत्र नियन्त्रणमा राखेको बताएको छ । गल्फ क्षेत्रका प्रमुख एयरलाइन्सहरूमा एमिरेट्स र एतिहादले क्रमशः ३८ र ३० प्रतिशत उडान रद्द गरेका छन् । कतार एयरवेजले आफ्नो सम्पूर्ण उडानहरू स्थगित गरेको छ भने सिरिया एयरले सबै उडान अर्को सूचना नआउन्जेल रद्द गरेको छ । इजिप्टएयरले दुबई, दोहा, मनामा, अबु धाबी, बेरुत र बगदाद गन्तव्यका लागि उडान निलम्बन गरेको छ ।

Hardik health

युरोपेली एयरलाइन्सहरू पनि प्रभावित भएका छन् । रोसाभिट्सिया (रुस) ले इजरायल र इरानका लागि सबै व्यावसायिक उडान रद्द गरेको छ । एयर फ्रान्स, ब्रिटिस एयरवेज, स्विस इन्टरनेसनल एयरलाइन्स र लुफ्थान्साले मध्यपूर्वका प्रमुख गन्तव्यका लागि उडान स्थगित गरेका छन् । नर्थ अमेरिका र एसिया-प्यासिफिकका एयरलाइन्सहरूले पनि उडान स्थगित गरेका छन् । डेल्टा, अमेरिकन, युनाइटेड, एयर क्यानाडा, इन्डिगो, एयर इन्डिया, क्याथे प्यासिफिक र गरुडा इन्डोनेसिया लगायतका एयरलाइन्सले मध्यपूर्वका गन्तव्यका लागि उडान स्थगित गरेका छन् ।

अफ्रिकाका एयरलाइन्स इथियोपियन एयरलाइन्स र केन्या एयरवेजले पनि दुबई, अम्मान, तेल अभिव, दम्माम र बेरुत गन्तव्यका लागि उडान रद्द वा स्थगित गरेका छन् । कोभिड महामारीपछि विश्वव्यापी हवाई यातायातमा आएको सबैभन्दा ठूलो अवरोध यस पटक अमेरिका-इरान द्वन्द्वका कारण भएको हो, जसले यात्रु, व्यवसाय र अन्तर्राष्ट्रिय उड्डयनमा चुनौती थपेको छ ।
 


प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित
इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित आइतबार, फागुन १७, २०८२
महाराष्ट्रको विस्फोटक कारखानामा १७ जनाको मृत्यु
महाराष्ट्रको विस्फोटक कारखानामा १७ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
खाडीमा इरानी आक्रमण
खाडीमा इरानी आक्रमण आइतबार, फागुन १७, २०८२
इरानमा अमेरिका-इजरायल आक्रमणको समीक्षा गर्न आइएइएद्वारा असाधारण बैठक आह्वान
इरानमा अमेरिका-इजरायल आक्रमणको समीक्षा गर्न आइएइएद्वारा असाधारण बैठक आह्वान आइतबार, फागुन १७, २०८२
कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते
कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते आइतबार, फागुन १७, २०८२
काबुलमा पाक-अफगान हवाई झडप, विस्फोट र गोलीबारी
काबुलमा पाक-अफगान हवाई झडप, विस्फोट र गोलीबारी आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP