Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • मध्यपूर्वको तनावप्रति विश्व समुदायद्वारा चासो व्यक्त
मध्यपूर्वको तनावप्रति विश्व समुदायद्वारा चासो व्यक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १७, २०८२

पेरिस- संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण गरेपछि विश्वभरका देशहरूले मध्यपूर्वमा तनाव बढ्ने चिन्त व्यक्त गरेका छन् ।संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले अमेरिका–इजरायल आक्रमण र इरानको प्रतिक्रियाको निन्दा गरेका छन्  । उनले थप आक्रमणले ‘मृत्यु, विनाश र मानवीय दुःख’ मात्र निम्त्याउने चेतावनी दिँदै संयम अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । 

“म संयम अपनाउन आह्वान गर्दछु र सबै पक्षहरूलाई विवेकको प्रयोग गर्न अनुरोध गर्दछु,” संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखल भोल्कर टर्कले एक विज्ञप्ति जारी गरी भनेका छन्  । रुसले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको आलोचना गरेको छ र आक्रमणले यस क्षेत्रलाई मानवीय, आर्थिक र यसलाई अस्वीकार गर्न नसकिने रेडियोलोजिकल विपत्तिको संघारमा पुर्याएको तर्क गरेको छ।

चीनले ’सैन्य कारबाही तत्काल रोक्न’ आग्रह गरेको छ र चिनियाँ विदेश मन्त्रालयले इरानको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएको छ। अमेरिकी सैन्य अखडाको आश्रय रहेको कतारले आफ्नो भूमिमा इरानी क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ र चेतावनी दिएको छ । “यस आक्रमणको जवाफ दिने उसको पूर्ण अधिकार सुरक्षित छ,” कतारले भनेको छ। 

युरोपेली सङ्घ (इयू) की प्रमुख उर्सुला भोन डेर लेयनले अमेरिकाले इरानका आणविक क्षेत्रहरू ‘निशाना’ रहेको सङ्केत गरेपछि आणविक सुरक्षा सुनिश्चित गर्नु ‘महत्वपूर्ण’ भएको बताएको छ।  नर्वेका विदेशमन्त्रीले इरानमाथि इजरायलको आक्रमणले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको तर्क गर्दै भन्नुभयो, “पूर्वयोजनामा भएको आक्रमणले अनपेक्षित खतरा निम्त्याएको बताएका छन् । 

Hardik health

भारतको विदेश मन्त्रालयले सबै राज्यहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्नेमा जोड दिँदै वार्ता र कूटनीतिलाई पछ्याउनुपर्ने बताएको छ। बेलायत, फ्रान्स र जर्मनीले संयुक्त रूपमा इरानको जवाफी आक्रमणको निन्दा गरेका छन् भने बेलायत सरकारले पनि स्थिति ‘व्यापक क्षेत्रीय द्वन्द्व’ मा परिणत हुन सक्ने चिन्ता व्यक्त गरेको छ ।

ती देशहरूले उनीहरूमध्ये कसैले पनि अमेरिका–इजरायल कारबाहीमा भने भाग लिएका थिएनन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘खतरनाक’ तनाव रोक्न आग्रह गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को तत्काल बैठक बोलाएका छन् । 

लेबनानका प्रधानमन्त्री नवाफ सलामले आफ्नो देशलाई युद्धमा नतान्ने बताएका छन् ।  इरानका अन्तिम राजाका छोरा तथा तेहरानको वर्तमान् सत्ताका प्रखर आलोचक रेजा पहलवीले आक्रमणपछि अन्तिम जित नजिक रहेको दाबी गरेका छन् । “हामी सबै मिलेर इरानलाई फिर्ता लिन र पुनर्निर्माण गर्न सक्छौं,” अमेरिकामा निर्वासित जीवन बिताइरहेका पहलवीले भने । 

इजिप्टको विदेश मन्त्रालयले अरब राष्ट्रहरूको एकता र क्षेत्रीय अखण्डताको सुनिश्चितताका लागि जोड दिएको छ । “इजिप्टले अरब राष्ट्रहरूको एकता र क्षेत्रीय अखण्डतालाई लक्षित गर्ने इरानको कडा निन्दा गर्दछ।” टर्कीको विदेश मन्त्रालयले द्वन्द्वले ‘यस क्षेत्रको भविष्य र विश्वव्यापी स्थिरतालाई खतरामा पारेको’ भन्दै ‘सबै पक्षलाई तुरुन्त शत्रुता रोक्न’ आग्रह गरेको छ।

जोर्डनको सरकारले तनाव कम गर्न आग्रह गरेको छ र चेतावनी दिएको छ कि यसले ‘आफ्नो सबै शक्तिका साथ’ राज्यको हितको रक्षा गर्नेछ। एक सरकारी प्रवक्ताले देश द्वन्द्वको हिस्सा नभएको बताएका छन्। प्यालेस्टिनी लडाकू समूह र इरानको सहयोगी हमासले तेहरानमाथि अमेरिका र इजरायलको ‘आक्रमण’ को निन्दा गरेको छ र यसलाई ‘सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष आक्रमण’ भनेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इरानमाथि भएको आक्रमणले इरानी जनताका लागि तेहरानमा रहेको ‘आतङ्कवादी शासन’लाई सत्ताच्युत गर्ने अवसर सिर्जना गरेको बताएका छन्।  ‘इन्टरनेसनल कमिटी अफ द रेडक्रस’ की अध्यक्ष मिर्जाना स्पोलजारिकले मध्यपूर्वमा सैन्य वृद्धिले यस क्षेत्रमा खतरनाक श्रृङ्खलावद्ध प्रतिक्रिया निम्त्याएको र सर्वसाधारणका लागि विनाशकारी परिणाम हुने चेतावनी दिएको छ । आक्रमणपछि अफ्रिकी सङ्घले ‘संयम, तत्काल तनाव कम गर्न र निरन्तर संवाद’ गर्न आह्वान गरेको छ र द्वन्द्वले महादेशका मानिसहरूलाई हानि पुर्याउने खतरा रहेको चेतावनी दिएको छ।


प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP