काठमाडाैं - नेपाल राष्ट्र बैंकले बिहीबार ६ अर्बमाथिको निक्षेप बैंक तथा वित्तीय संस्थाहरुमा राख्ने भएको छ। राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ निक्षेप लिन बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको हो।
यसअनुसार राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ५ अर्ब ७ करोड निक्षेप राख्ने जनाएको छ भने विकास बैंकमा ९५ करोड १२ लाख र वित्त कम्पनीहरुमा ३१ करोड ७० लाख रुपैयाँ ३ सय ५५ दिनका लागि निक्षेपमा राख्ने भएको हो।
बैंकले निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई १७ गतेसम्म आवेदन दिन आह्वान गरेको छ।राष्ट्र बैंकले निक्षेप खराबकर्जा अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको संस्थाहरुबाट मात्रै आवेदन स्वीकार गर्ने जनाएको छ।