Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • जेनेभामा इरान वार्ताः क्षेप्यास्त्र विवाद ओझेलमा
जेनेभामा इरान वार्ताः क्षेप्यास्त्र विवाद ओझेलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १४, २०८२

एएफपी- नयाँ द्वन्द्व टार्ने प्रयासस्वरूप अमेरिका र इरानबीच स्विट्जरल्यान्डको जेनेभामा अप्रत्यक्ष वार्ताको नयाँ चरण सुरु हुन लाग्दा वासिङ्टनले सार्वजनिक रूपमा उठाउँदै आएको क्षेप्यास्त्र मुद्दालाई केही हदसम्म पन्छाएको सङ्केत देखिएको छ । क्षेत्रीय तनाव उच्च विन्दुमा पुगेका बेला दुवै पक्षले कूटनीतिक बाटो रोज्न खोजेका हुन् ।

अमेरिकाले यस क्षेत्रमा उल्लेख्य सैन्य जमघट गरेपछि र राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए आक्रमण गर्न सकिने चेतावनी दोहोर्‍याएपछि वार्ता सुरु हुन लागेको हो । मङ्गलबारको स्टेट अफ द युनियन सम्बोधनमा ट्रम्पले इरानले ‘भयावह आणविक महत्त्वाकांक्षा’ पछ्याइरहेको आरोप लगाउँदै तेहरानले युरोप तथा विदेशस्थित अमेरिकी आधारसम्म पुग्न सक्ने मिसाइल विकास गरिसकेको दाबी गरे । उनले चाँडै संयुक्त राज्य अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र निर्माणको प्रयास भइरहेको समेत उल्लेख गरे ।

इरानी विदेश मन्त्रालयले ती आरोपलाई ‘ठूलो झुट’ भन्दै अस्वीकार गरेको छ । तेहरानले सार्वजनिक रूपमा आफ्नो मिसाइलको अधिकतम दूरी दुई हजार किलोमिटर रहेको बताउँदै आएको छ भने अमेरिकी कङ्ग्रेसनल रिसर्च सर्भिसले यसको क्षमता करिब तीन हजार किलोमिटरसम्म हुन सक्ने अनुमान गरेको छ, जुन महाद्वीपीय अमेरिकासम्म पुग्न पर्याप्त नभएको विश्लेषण गरिएको छ ।

यद्यपि दुवै देशबीचको मूल विवाद इरानको आणविक कार्यक्रममै केन्द्रित छ । पश्चिमी राष्ट्रहरूले तेहरानले आणविक बम विकास गर्ने लक्ष्य राखेको आशङ्का व्यक्त गर्दै आएका छन् भने इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको अडान दोहोर्‍याउँदै आएको छ । अमेरिकाले भने वार्तामा इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र इजरायलविरुद्ध सक्रिय सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थनबारे पनि छलफल गर्नुपर्ने दबाब दिइरहेको छ ।

Hardik health

विदेशमन्त्री मार्को रुबियोले तेहरानले क्षेप्यास्त्र विषयमा छलफल अस्वीकार गर्नु ‘ठूलो समस्या’ भएको बताउँदै इरानले यस कार्यक्रमबारे पनि वार्ता गर्नुपर्ने चेतावनी दिए । साथै उहाँले राष्ट्रपति ट्रम्प कूटनीतिक समाधानकै पक्षमा रहेको स्पष्ट गरे । इरानले भने आणविक मुद्दाबाहेक अन्य विषय वार्ताको दायरामा नरहने र आफ्नो अर्थतन्त्रलाई कमजोर बनाएका अमेरिकी प्रतिबन्ध हटाइनुपर्ने माग अघि सारेको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफू ‘वार्ताका लागि अनुकूल दृष्टिकोण’ लिएर अघि बढिरहेको बताउँदै वर्तमान ‘न युद्ध, न शान्ति’ अवस्थाबाट बाहिरिन सकिने आशा व्यक्त गरे । वार्तामा इरानी टोलीको नेतृत्व गरिरहेका विदेशमन्त्री अब्बास अराघचीले यसलाई ‘ऐतिहासिक अवसर’ भन्दै सम्झौता ‘पहुँचभित्र’ रहेको दाबी गरेका छन् । उनले अमेरिकी पक्षको गम्भीरता र विरोधाभासी व्यवहारबाट जोगिने क्षमतामा वार्ताको सफलता निर्भर रहने उल्लेख गरे ।

अमेरिकी टोलीको नेतृत्व राजदूत स्टिभ विटकफ र जारेड कुसनरले गर्ने छन् । यसअघि ओमानको मध्यस्थतामा वार्ताका प्रारम्भिक चरण सम्पन्न भएका थिए । अघिल्लो प्रयास गत जुनमा इजरायलले गरेको आकस्मिक आक्रमणपछि असफल भएको थियो । इजरायलको आकस्मिक आक्रमणले १२ दिनको युद्ध निम्त्याएको र अमेरिकी बमबारीसमेत भएको थियो ।

जनवरीमा तेहरानमा भएको व्यापक विरोध प्रदर्शन र त्यसको दमनपछि पनि दुवै देशबीच तनाव बढेको थियो । ट्रम्पले इरानी जनतालाई ‘मद्दत’ गर्न हस्तक्षेप गर्न सकिने चेतावनी दिँदै आएका छन् । इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रेटेजिक स्टडिजका एमिल होकाइमका अनुसार यस क्षेत्रले युद्धको सम्भावना वास्तविक रूपमा महसुस गरिरहेको छ, यद्यपि धेरै मध्यपूर्वी राष्ट्रहरूले अमेरिकाले इरानमाथि आक्रमण नगरोस् भनेर दबाब दिइरहेका छन् ।

तेहरानका सर्वसाधारण भने सम्भावित द्वन्द्वबारे विभाजित देखिन्छन् । ६० वर्षीया गृहिणी तायबेहले युद्ध इरानका लागि ‘धेरै नराम्रो’ हुने बताउँदै अनिकाल र थप पीडाको आशङ्का व्यक्त गरे । उनले अहिले पनि जनताले कष्ट भोगिरहेको उल्लेख गर्दै युद्धले देशको भविष्य अझ अनिश्चित बनाउन सक्ने चिन्ता व्यक्त गरे ।
 


प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP