सिन्ह्वा- पाकिस्तानले मङ्गलबार पाकिस्तान-अफगानिस्तान सीमामा अफगानिस्तानको गोलीबारीको जवाफ दिएको पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले बताएका छन् । अफगान पक्षले पाकिस्तानको उत्तर- पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तोरखाम र तिराह उपक्षेत्रमा पाकिस्तान-अफगानिस्तान सीमामा विना कारण गोलीबारी सुरु गरेको प्रवक्ताले बताएका हुन् ।
उनले पाकिस्तानको सुरक्षा बलले तुरुन्तै र प्रभावकारी रूपमा जवाफ दिएको बताउँदै देशले आफ्ना नागरिकहरूको रक्षा गर्न र आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्न जारी राख्ने उल्लेख गरेका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयका उप प्रवक्ता सेदिकुल्लाह नुसरतलाई उदृत गर्दै सिन्ह्वाले पाकिस्तानी सेनाले यस क्षेत्रमा नियमित गस्ती गरिरहेका अफगान कर्मचारीहरू माथि गोली चलाउँदा झडप भएको बताएका छन् ।
यसअघि अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानले आइतबार पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफ दिने बताएका थिए ।
अफगान पक्षले पाकिस्तानी सेनाले आइतबार द्विपक्षीय सीमा क्षेत्रमा हवाई आक्रमण गरी १८ जनाको ज्यान गएको र अन्य पाँच जना घाइते भएको बताएको छ । पाकिस्तानले पाकिस्तान-अफगानिस्तान सीमा क्षेत्रमा सात आतङ्कवादी शिविर र लुकेका स्थानहरूमा गुप्तचरमा आधारित, लक्षित आक्रमण गरेको थियो भने शृङ्खलाबद्ध आत्मघाती बम विस्फोट पछि ८० जना भन्दा बढी आतङ्ककारीहरू मारिएका थिए ।