Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • उपहार क्याटलग विवादमा ताकाइची
उपहार क्याटलग विवादमा ताकाइची
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १३, २०८२

टोकियो- जापानकी प्रधानमन्त्री साने ताकाइची आफ्नै दलका सांसदहरूलाई बधाईस्वरूप उपहार क्याटलग उपलब्ध गराएको विषय सार्वजनिक भएपछि नयाँ विवादमा परेका छन्  । हालै सम्पन्न चुनावमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले उल्लेखनीय सफलता हासिल गरेपछि ३०० भन्दा बढी सांसदलाई क्याटलगबाट उपहार छनोट गर्ने अवसर दिइएको खुलासा भएसँगै विपक्षी दलहरूले कडा प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत यो कदम ‘कठिन चुनावमा सफल भएका सांसदप्रति प्रशंसाको अभिव्यक्ति’ भएको स्पष्ट पारेका छन् । उनका अनुसार उपहार खरिदमा करदाताको पैसा प्रयोग गरिएको छैन । बुधबार संसद्मा बोल्दै उहाँले प्रत्येक उपहारको लागत ढुवानी र करसहित करिब ३० हजार येन रहेको र उक्त रकम आफू प्रमुख रहेको नारास्थित एलडिपी शाखाको राजनीतिक कोषबाट व्यहोरेको बताए ।

तर यो प्रकरणले जापानी राजनीतिमा यसअघि देखिएको ‘स्लस फन्ड’ काण्डको स्मरण गराएको छ । सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री फुमियो किशिदा सोही प्रकरणका कारण दबाबमा परेको थियो भने त्यसपछिका राजनीतिक असरले सिगेरु इशिबाको नेतृत्वमा रहेको गठबन्धनले संसद्का दुवै सदनमा बहुमत गुमाएका थिए । त्यसैले नयाँ खुलासाले जनविश्वासमाथि पुनः प्रश्न उठाएको विश्लेषण भइरहेको छ ।

Hardik health

मुख्य विपक्षी मध्यमार्गी सुधार गठबन्धनका नेता जुन्या ओगावाले ‘प्रधानमन्त्री ताकाइची, तपाईं पनि ?’ भन्ने प्रतिक्रिया सार्वजनिक गर्दै यस विषयमा स्पष्ट जवाफदेहिता माग गरेका छन् । उनले यो नयाँ विकास भएको भन्दै कडाइका साथ छानबिन हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ताकाइचीले भने सांसदहरूले पाउने उपहार ‘विधायकको रूपमा भविष्यको कार्यमा उपयोगी हुने’ आशा व्यक्त गरेका छन्  । जापानको राजनीतिक कोषसम्बन्धी कानूनअनुसार व्यक्तिले उम्मेदवारलाई प्रत्यक्ष चन्दा दिन नपाउने व्यवस्था भए पनि राजनीतिक दल वा तिनका स्थानीय शाखाले सहयोग गर्न सक्छन् ।

साप्ताहिक ट्याब्लोइड सुकान बुनसुनको अनलाइन संस्करणका अनुसार उपहार क्याटलग प्रसिद्ध किन्टेत्सु डिपार्टमेन्ट स्टोरको हो । स्टोरले करिब ३४ हजार येन अग्रिम भुक्तानीमा क्याटलग पठाउने व्यवस्था राखेको छ, जसबाट प्राप्तकर्ताले साइकल, महँगो क्र्याब मासु वा लक्जरी होटल बसाइ जस्ता वस्तु छनोट गर्न सक्छन् ।

यसअघि सन् २०२५ मा सिगेरु इशिबाले आफ्नै निजी रकम प्रयोग गरी तल्लो सदनका १५ जना प्रथम कार्यकालका सदस्यलाई १०० हजार येन मूल्यका उपहार प्रमाणपत्र वितरण गरेको आरोपमा आलोचना खेप्नुभएको थियो । अहिलेको प्रकरणले पुनः राजनीतिक नैतिकता र कोष प्रयोगसम्बन्धी बहसलाई तातो बनाएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP