Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • चीनमा मर्ज : सन्तुलित व्यापार र युक्रेन शान्तिको एजेन्डा
चीनमा मर्ज : सन्तुलित व्यापार र युक्रेन शान्तिको एजेन्डा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १३, २०८२

एपी- युक्रेन युद्ध अन्त्यका लागि चीनको प्रभाव प्रयोग गर्न आग्रह गर्दै र जर्मन कम्पनीहरूका लागि निष्पक्ष व्यापार वातावरणको मागसहित जर्मनीका चान्सलर फ्रेडरिक मर्ज बुधबार दुई दिने भ्रमणका लागि बेइजिङ आइपुगेका छन् । युरोपेली एकतामार्फत सन्तुलित र भरपर्दो साझेदारी निर्माण गर्ने सन्देशसहित उनले चिनियाँ शीर्ष नेतृत्वसँग भेटवार्ता गर्न लागेका हुन् ।

बेइजिङ अवतरणअघि उनले जर्मनीको चीन नीतिलाई युरोपेली सन्दर्भमा राख्नुपर्नेमा जोड दिए। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरको भ्रमणपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावित यात्राअघि आफू चीन आएको उल्लेख गर्दै मर्जले युरोपको साझा दृष्टिकोण स्पष्ट पारे । “हामी चीनसँगको साझेदारी सन्तुलित, भरपर्दो, विनियमित र निष्पक्ष चाहन्छौँ”, उनले भने, “र यही अपेक्षा चिनियाँ पक्षबाट पनि गर्छौं ।”

गत मे महिनामा पदभार सम्हालेपछि पहिलो पटक चीन भ्रमण गरेका मर्जले उदीयमान विश्व व्यवस्थामा आर्थिक र सैन्य रूपमा सबल युरोप आवश्यक रहेको धारणा दोहोर्‍याएका छन् । ट्रम्प प्रशासनको कर नीतिले प्रभावित युरोपले सुरक्षा र रणनीतिक जिम्मेवारी आफैँ वहन गर्नुपर्ने अवस्था आएको उनको बुझाइ छ ।

Hardik health

युक्रेन युद्धको सन्दर्भमा उनले बेइजिङको भूमिकालाई निर्णायक ठानेका छन् । “चीनलाई संलग्न नगरी आजका ठूला विश्व राजनीतिक समस्या समाधान गर्न सकिँदैन”, उनले प्रस्थानअघि भने, “मस्कोमा समेत बेइजिङको आवाज सुनिन्छ ।” यद्यपि, रुससँग व्यापारिक र कूटनीतिक सम्बन्ध कायम राख्दै आएको चीनले युद्धप्रति निष्पक्ष अडान लिएको दाबी गर्दै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सबै पक्षलाई ‘स्थायी र बाध्यकारी शान्ति सम्झौताका लागि अवसर उपयोग गर्न’ आह्वान गरेका छन् ।

चीनले अमेरिकी कर नीतिविरुद्ध समर्थन खोजिरहेका बेला मर्जको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सिन्ह्वा समाचार एजेन्सीले चीन र जर्मनीलाई बहुपक्षवादका समर्थक प्रमुख अर्थतन्त्रका रूपमा चित्रित गर्दै आपूर्ति शृङ्खला स्थिर राख्ने साझा जिम्मेवारी रहेको उल्लेख गरेको छ ।

आर्थिक असन्तुलन जर्मनीका लागि मुख्य चासो बनेको छ । गत वर्ष चीनबाट जर्मनीको आयात ८.८ प्रतिशतले बढेर एक खर्ब ७० अर्ब ६० करोड युरो पुगेको छ भने चीनतर्फ निर्यात ९.७ प्रतिशतले घटेर ८१ अर्ब ३० करोड युरोमा सीमित भएको छ । चिनियाँ निर्यातको बाढीले युरोपेली उद्योग र रोजगारीमा दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ ।

युरोपेली नेताहरू चिनियाँ कम्पनीहरूले युरोपमै उत्पादन आधार विस्तार गरून् भन्ने चाहना राख्दै आएका छन् । साथै विद्युतीय सवारीसाधन र सौर्य प्यानल क्षेत्रमा देखिएको अतिक्षमता घटाउन, निर्यात तथा पहुँच प्रतिबन्ध हटाउन र प्रतिस्पर्धा विकृत गर्ने अभ्यास रोक्न आग्रह गरिएको छ । “जहाँ प्रणालीगत अतिक्षमता र पहुँच अवरोध छन्, त्यहाँ समाधान खोज्न हामी छलफल गर्न चाहन्छौँ”, मर्जले स्पष्ट पारे ।

मर्जको यो भ्रमणले युरोप-चीन सम्बन्धलाई नयाँ सन्तुलनमा लैजाने प्रयाससँगै युक्रेन युद्ध समाधानका लागि बेइजिङमाथि कूटनीतिक दबाब बढाउने सङ्केत दिएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP