Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • इजरायलमा मोदी : रणनीतिक साझेदारीको नयाँ चरण
इजरायलमा मोदी : रणनीतिक साझेदारीको नयाँ चरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १३, २०८२

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल पुगेका छन् । मध्यपूर्वमा बदलिँदो भूराजनीतिक सन्तुलनबीच उहाँको यो भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रयासका रूपमा हेरिएको छ ।

प्रस्थानअघि जारी वक्तव्यमा प्रधानमन्त्री मोदीले भारत र इजरायलबीच ‘बलियो र बहुआयामिक रणनीतिक साझेदारी’ रहेको उल्लेख गरे । उनले समकक्षी बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने र इजरायलको संसद् नेसेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । “विगत केही वर्षमा हाम्रो सम्बन्ध उल्लेखनीय रूपमा सुदृढ भएको छ”, उनले भने।

सन् १९९२ मा पूर्ण कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सहकार्य क्रमशः विस्तार हुँदै आएको छ । सन् २०१४ मा मोदी पदमा आएपछि सम्बन्ध अझ घनिष्ठ बनेको विश्लेषण गरिन्छ । उनले सन् २०१७ मा प्रधानमन्त्रीका रूपमा इजरायल भ्रमण गर्नुभएको थियो भने त्यसपछि नेतान्याहुले भारतको भ्रमण गरेका थिए । दुवै नेताले सार्वजनिक रूपमा एकअर्कालाई ‘मित्र’ को संज्ञा दिँदै आएका छन्  ।

Hardik health

नयाँदिल्लीले रक्षा, कृषि, प्रविधि र साइबर सुरक्षाजस्ता क्षेत्रमा इजरायलसँग सहकार्य बढाउँदै आएको छ । सोमबारदेखि भारत–इजरायल स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ता नयाँदिल्लीमा सुरु भएको छ । भारत सरकारका अनुसार सन् २०२४–२०२५ मा दुई देशबीचको कुल व्यापार तीन अर्ब ६२ करोड अमेरिकी डलर पुगेको छ ।

प्रधानमन्त्री मोदीले नेतान्याहुसँग सहकार्यलाई थप मजबुत बनाउने उपायबारे छलफल गर्ने र इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । सेप्टेम्बर २०२३ मा भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोरको महत्त्वाकांक्षी योजना सार्वजनिक गरिएको थियो । यसमा रेलवे, बन्दरगाह, ऊर्जा र डाटा सञ्जाल विकासका परियोजना समावेश थिए । तर अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमण र त्यसपछिको गाजा युद्धले ती योजनामा अवरोध पुर्या‍एको थियो ।

भ्रमणअघि भारतभित्र पनि राजनीतिक प्रतिक्रिया देखिएको छ । काङ्ग्रेस नेतृ प्रियङ्का गान्धीले प्रधानमन्त्री मोदीले नेसेटलाई सम्बोधन गर्दा ‘गाजामा हजारौँ निर्दोष नागरिकको हत्या’ बारे पनि उल्लेख गर्नुपर्ने अपेक्षा व्यक्त गर्नुभएको छ । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । भारतमा करिब २२ करोड भारतीय मुस्लिम समुदायका रहेका छन् ।

भारतले इजरायलसँग सम्बन्ध विस्तार गर्दै गर्दा खाडी राष्ट्रहरू र इरानसँग पनि सन्तुलित सम्बन्ध कायम राखेको छ । अडानी समूहले हाइफाको बन्दरगाह सञ्चालन गरिरहेको छ भने इजरायली ड्रोन प्रविधिले मे २०२५ मा पाकिस्तानसँगको भिडन्तमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

साथै भारतले इरानको चाबहार बन्दरगाह विकासमा पनि संलग्नता जनाउँदै अफगानिस्तानसँगको व्यापार पहुँच सुदृढ गर्ने प्रयास गरिरहेको छ ।प्रधानमन्त्री मोदीको यो भ्रमणले रक्षा र व्यापार साझेदारी मात्र नभई, क्षेत्रीय कूटनीतिक सन्तुलनमा भारतको सक्रिय भूमिकालाई पनि पुनः उजागर गरेको छ ।


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP