लन्डन- बेलायतले मस्कोको महत्वपूर्ण तेल राजस्व कटौती गर्ने उद्देश्यले सन् २०२२ मा रुसी–युक्रेनी युद्ध सुरु भए पछिको सबै भन्दा ठूलो तथा नयाँ प्रतिबन्ध प्याकेज घोषणा गरेको छ ।
प्याकेजमा रूसी ऊर्जा राजस्व, विशेष गरी तेल निर्यात, साथै युद्ध प्रयासलाई बढावा दिने सैन्य उपकरणका प्रमुख आपूर्तिकर्ताहरूलाई लक्षित गरी लगभग ३०० नयाँ प्रतिबन्धहरू समावेश छन् ।
बेलायतले रूसको प्रतिबन्ध व्यवस्था अन्तर्गत अहिले सम्म तीन हजार भन्दा बढी व्यक्ति, संस्था र जहाज माथि प्रतिबन्ध लगाएको पुष्टि गरेको छ ।प्रतिवन्द बेलायती विदेश सचिव यभेट कुपरको किएभ भ्रमण र युक्रेनको क्षमतालाई बलियो बनाउन डिजाइन गरिएको नयाँ समर्थन प्याकेजको साथ आएको जनाइएको छ ।
नयाँ प्रतिबन्धहरू विशेष गरी पाइपलाइन कम्पनी प्रति लक्षित रहेको जनाइको छ । जुसको माध्यामबाट रूसको तेल निर्यातको ८०% भन्दा बढी ढुवानी हुन्छ । यो कदमले स्वीकृत रूसी कच्चा तेलको बजारीकरण र वितरणलाई थप जटिल बनाउने अपेक्षा गरिएको छ ।
बेलायती सरकारका अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले अहिले सम्म मस्कोलाई ४५० अर्ब डलर– भन्दा बढीबाट आयबाट वञ्चित गरेको छ, जुन युक्रेनमा रुसको सैन्य कारबाहीको थप दुई वर्षको कोष बराबर भएको जनाइएको छ ।