एएफपी- छिमेकीराष्ट कम्बोडियाले डिसेम्बरको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै मङ्गलबार कम्बोडियन सेनासँग सिमापार गोली हानाहान भएको थाइल्यान्डको सेनाले बताएको छ । थाई सेनाले विज्ञप्ति जारी गर्दै कम्बोडियन सेनाले मङ्गलबार सीमावर्ती प्रान्त सिसाकेटको थाई गस्ती नजिकै “एकल- ४०- एमएम ग्रेनेड राउन्ड फायर“ गरेको जनाएको हाे ।
सेनाका आुसार गोली हानाहानमा कुनै थाई कर्मचारी घाइते भएका छैनन् । “घटना पछि, थाई सेनाले चेतावनीको रूपमा र आत्मरक्षाका लागि, एम-७९ (ग्रेनेड लन्चर) फायर गरेको जनाएको छ । सेनाका प्रवक्ता विन्थाई सुवारीले विज्ञप्ति मार्फत “कम्बोडियाको यस्तो कार्यहरूले युद्धविराम सम्झौताको उल्लंघन गरेको जनाएका छन् ।
प्रारम्भिक मूल्याङ्कनले घटना कम्बोडियन सेनाका नयाँ कर्मचारीहरूले नियम र कमान्ड नियन्त्रणसँग परिचित नभएको कारण परिचालनमा भएका कमजोरीहरू स्वरुप विस्पोट निम्त्याएको हुन सक्ने विज्ञप्तिमा उल्लेख छ । कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले उक्त घटनाको बारेमा एएफपीको प्रश्नको जवाफ दिन अस्वीकार गरेको एएफपीले जनाएको छ ।
दुइै टिमेकी देशहरूको शताब्दी पुरानो सीमा द्वन्द्व उनीहरूको सिमानाको फ्रान्सेली औपनिवेशिक युगको सीमांकनको विवादबाट उत्पन्न भएको जनाइएको छ । लामो समय देखि चलेको विवादले धेरै चरणको झडपमा परिणत भयो, जसमा सैनिक र नागरिकसहित दर्जनौँ मानिसहरुले ज्यान गुमाएका छन् भने दस लाख भन्दा बढी विस्थापित भएको जनाइएको छ ।