काठमाडौं - नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छिन् ।
सिरहाको गोलबजारमा सोमबार आयोजित एक कार्यक्रममा उनी रास्वपा प्रवेश गरेको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिए ।
अन्य एमाले नेता, कार्यकर्ता पनि उनीसँगै प्रवेश गरेको रास्वपाले दाबी गरेकाे छ ।
रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।